अखिल (छैठौं)ले भृकुटी मण्डवमा मित्रमणी स्मृती दिवस मनायो

0
513

काठमाडौं । आज अखिल (छैठौ) केन्द्रिय कार्यालयको आयोजनामा बिश्व भाषा क्याम्पस भृकुटी मण्डवमा सहिद मित्रमणी आचार्यको ३३ औ स्मृति दिवस समारोह सम्पन्न पारेको छ ।

अखिल (छैठौ)का केन्द्रीय समितिका कोषाध्यक्ष हस्तराज रेग्मीको अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य सुवाश जिसिको सञ्चालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य निश्चल क्षेत्री ले स्वागत मन्त्ब्य राख्नु भएको थियो ।

एक मिनेट सहिद मित्रमणी आचार्यको सम्झनामा मौनधारणबाट सुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरुले सहिदको फोटोमा माल्यर्पण तथा अबिर लगाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेकपा मसालका प्रबक्ता रामप्रकाश पुरीले सहिद मित्रमणी आचार्यले देखाएको बाटो, उच्च प्रकारको राजनैतिक बाटो उहाले बोकेको सिद्धान्त र आदर्शको जीवन हाम्रो लागि सधै प्रेरणादायी र उर्जावान रहने कुरा बताउनु भयो । कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले सहिद मित्रमणी र सहिदको योगदान बिषयक संक्षिप्त वक्तव्य प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय सल्लाहकार अनिलकिशोर घिमिरे, मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष निरज लवजु, माओबादी केन्द्र निकट अखिल क्रातिकारीका महासचिव उत्तम अधिकारी, एमाले निकट अखिलका केन्द्रीय सचिवालय सदस्य नारायण घर्तीले र रक्तिम सांस्कृतिक अभियानका नवीन बस्यालले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा अखिल (छैठौ) का सल्लाहकार भीष्म जोसीले धन्यवाद मन्त्ब्य राख्नु भएको थियो । सहिद मित्रमणी आचार्य प्युठानको रम्दिमा २०१८ साल असार ११ गते जन्मनु भएको थियो । २०४१ सालमा रामपुर कृषि क्यामपसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुहुन्थ्यो । मिति २०४२–०१–१८ गते तत्कालीन पञ्चे र नेबि संघका गुण्डाहरुले उहाको हत्या गरेका थिए ।

को हुन् मित्रमणि ??

शुभास जिसी

नेपाली विद्यार्थी आन्दोलनको कुरा गर्दा छुटाउनै नमिल्ने नाम हो क. मित्रमणि आचार्य को नाम । वामपन्थी र प्रगतिशील विद्यार्थी आन्दोलनका क्रममा बलिदानी दिने धेरै सहिदहरु मध्य आचार्यको नाम अग्रपंक्तीमै आउँछ । वामपन्थी विद्यार्थी संगठनहरुको हरेक कार्यक्रममा उनको नाम र सम्झना सायदै छुट्छ । म आफैँले अहिले अध्ययन गर्ने पुरानो कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस अहिलेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय क्याम्पस रामपुर क्याम्पस कमरेड मित्रमणि आचार्य अध्ययन गरेको क्याम्पस भएर पनि होला यहाँ त झनै आचार्यका सम्झनामा बिभिन्न कार्यक्रमहरु मात्रै हुदैँनन् मित्रमणिको शालिक, मित्रमणि स्मृति पार्क, मित्रमणि लाईब्रेरी, मित्रमणिकै नाममा पुस्तक, मणि सन्देस पत्रिका आदि धेरै उनलाई सम्झने र उनि प्रति सम्मान व्यक्त गर्ने माध्यमहरु छन । तर मलाई लाग्छ यति हुँदा हुदैँ पनि मित्रमणिकै राजनितिक लाईन र शिद्दान्तको बाटोमै छौँ भन्ने कयौँ विद्यार्थीहरुलाई मित्रमणि कम्युनिष्ट विद्यार्थी आन्दोलनका माहान सहिद हुन भन्ने बाहेक अरु खास्सै जानकारी छैन । केहि समय अघिसम्म म आफैँ पनि तिनै कयौँ विद्यार्थीहरुको लाममा पर्दथे र अझै पनि त्यति धेरै जानकार भने छैन । भलै त्यसका पछाडी धेरै कारणहरु छन जस्को यहाँ व्याख्या गरेर साध्य छैन । तर भन्नै पर्ने यउटा कुरा चाँहि क.मित्रमणि हाम्रा सहिद हुन भनेर कयौँ संगठनहरुले भनिरहँदा आफ्ना विद्यार्थीहरुलाई मित्रमणिका बारेमा जानकारी दिने,उनको पृष्ठभुमीका बारेमा बुझाउने र उनले देखाएको बाटोमा हिँड्न प्ररित गर्ने काममा भने संगठन र तिनका नेतृत्वहरु चुकी रहेका नै देखिन्छन ।

हुन त मैले पनि क.मित्रमणिका बारेमा त्यति धेरै अध्ययन अनुसन्धान गरेको त छैन तर गर्छु नै भनेर लाग्ने हो भनेपनि जतिनै विज्ञान र प्रविधिको युग भने पनि उनका बारेमा बताउने स्रोतहरु विरलै भेटिन्छन् । गुगल गरेर सबथोक पाउने बानी लाईसकेका म जस्ता विद्यार्थीलाई अब आचार्यका पालाका मान्छेहरु खोज्दै तथ्य संकलन गर्नु भनेको निकै गारो त नभनम तर औडै झ्याउलाग्दो काम चाँहि पक्कै हो ।

जे होस् मैले केही लेखहरुमा पढे अनुसार र केही आचार्यका सहपाठीहरुलाई भेटेर जानकारी लिए अनुसार क. मित्रमणि आचार्य अनेरास्ववियु (छैँठौँ) केन्द्रिय समितिका सदस्य, रामपुर क्याम्पसका स्ववियु सभापति तथा लगनशील क्रान्तिकारी योद्धा थिए ।

IMG_20180430_183119
रामपुर क्याम्पस परिसरमा अखिल छैँठौँले स्थापना गरेको क. मित्रमणि आचार्यको शालिक

२०१९ असार ११ मा पिता रेशमराज आचार्य र माता पिताम्बरदेवी आचार्यको कोखबाट प्युठानको रम्दी गा.वि.स -२,तीघ्रामा जन्मेका आचार्य सानैदेखी ईमान्दार,सीधा प्रकृतिका तथा निडर लठाकु हुनुहुन्थ्यो ।उहाँले प्रारम्भिक शिक्षा २०२५ शाल देखि आफ्नै गाउँमा अध्ययन गर्दै,  २०३१ सालदेखि खैरा नि.मा.वि मा र २०३५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्रिण गरी २०३६ सालमा कृषि क्याम्पस पक्लिहवा क्याम्पसमा अध्ययन सुरु गर्नु भएको थियो । राजनितीमा साथै पढाईमा पनि निकै तेज आचार्य मा.वि. स्तरदेखि शोषण अत्याचारको विरोध र गरिबीप्रति सम्मोहन जनाउँदै २०३६ सालमा पक्लिहवा अ.ने.रा.स्व.वि.यु ईकाईको सदस्य हुदैँ २०३८ सालमा रुपन्देही जिल्ला समितिको सचिव तथा क्याम्पस स्ववियुको सभापति बन्नुभएको थियो । यसरी विशिष्ट श्रेडीमा त्यहाँको अध्ययन सकेर उहाँ Bsc. Ag अध्ययनका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा भर्ना हुनुभयो ।उहाँ २०४० सालमा मा अखिल जिल्ला समितिको कोषाध्यक्ष,२०४‌० फागुनमा अखिल जिल्ला समितिको उपाध्यक्ष हुनुभएको थियो ।‍२०४१ सालको स्ववियु निर्वाचनमा प्रगतिशिल प्यानलबाट कृषि क्याम्पस रामपुरको स्ववियु सभापतिमा निर्वाचित हुनुभएको थियो । स्ववियु सभापतिमा विजय भईसकेपछि समस्त विद्यार्थीको हकहित र अधिकारको लागि अग्र पंक्तिमा रहेर क्याम्पस प्रशासन र प्रतिकृयावादीहरुसँग संघर्ष र लडाई गर्दै जिवन विताईरहनु भएको थियो । पन्चायतिकालमा उदाएका वामपन्थी धारका विद्यार्थी नेता तत्कालिन पन्चेहरुकालागी भने आखाँको तारो बन्नुभएको थियो । त्यहि शिलशिलामा चितवनको मेघौलीमा २०४२ बैसाख १४ गतेलाई आयोजान गरिएको अभिभावक भेलालाई सुनुयोजित रुपमा १८ गतेलाई सारेर त्यहि भेलामा सहभागि हुन गएका मित्रमणि आचार्यलाई तत्कालिन पन्चे र ने. वि.संघका गुन्डाहरुबाट भाला खुकुरी जस्ता हतियारको प्रयोग गरेर घाईते बनाईएको र भरतपुर अस्पतालमा उपचारका क्रममा राती २:०५ मा मृत्यु भएको विभिन्न लेखहरुमा पढ्न पाईन्छ । तर तात्कालिन केही पत्रिकाहरुले भने दुई पक्षको भिडन्तमा कमजोर पक्षका मित्रमणिको निधन भएको भनेर पनि लेखेको पाईन्छ ।आचार्यको हत्या पछि भरतपुर अस्पताल देखि पुल्चोकसम्म करिब ३० हजार मान्छेको लाम उनको शव यात्रामा सहभागि हुनुले पनि त्यतिबेला उनि विद्यार्थी र जनताका माझमा कति लोकप्रिय थिए भन्ने कुराको पुष्टि गर्छ ।

यसरी नेपाली वामपन्थि विद्यार्थी आन्दोलनले २०४२ सालमा नै यउटा उदाउँदो सपुत गुमाउनु परेको थियो । र आजको युगले पनि त्यस्तै मित्रमणिहरु खोजिरहेको छ जस्ले विद्यार्थी आन्दोलन र विद्यार्थी राजनितिलाई स्वार्थ पुरा गर्ने माध्यमका रुपमा होईन साँच्चै नै विद्यार्थी हकहित र अधिकारहरु पुरा गर्नकालागि प्रयोग गरोस् । कमरेड मित्रमणि आचार्य प्रति हार्दिक श्रद्धासुमन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here