मदन भण्डारी स्पोर्ट एकाडेमि इन्डियाको प्रथम भलिबल प्रतियोगिता सम्पन्न

0
652

बाबु रोका मगर

दिल्ली । “खेल र खेलाडीको उच्च सम्मान” भन्ने मुल नारा बोकेको मदन भण्डारी स्पोर्ट एकाडेमी इंडियाले आरकेपुरम दिल्लीको मलाइ मन्दिरस्थित खेलकुद ग्राउण्डमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न पारेको छ ।

प्रवासमा रहेका प्रतिभासाली खेलाडीहरुलाई मध्यनजर राख्दै उनीहरुको उच्च सम्मान र मनोबल बढाउनको निमित्त संस्थाका मेम्बरहरुबाट आर्थिक संकलन गरि उक्त खेलको आयोजना गरिएको मदन भण्डारी स्पोर्ट एकाडेमी इन्चार्ज गोपाल थापाले बताए । थापाले नेपाल भारत दुई देश बीचको सम्बन्धलाई खेल क्षेत्रबाट अझै बलियो बनाउने आफूहरुको उदेश्य रहेको समते बताए । हरेक खेलक्षेत्रमा नेपाल सरकारले खेलाडीहरुलाई आर्थिक नैतिक र भौतिक सहयोग हुनुपर्नेमा समेत जोड दिए ।

१५ टिमको सहभागिता रहेको उक्त भलिबलमा प्रथम सायपाल क्लब द्वितीय लुधियाना क्लब र तृतीय नेपाली देशभक्त आवाजलाई नकद, ट्रफी र प्रमाणपत्र आयोजकले प्रदान गरेको थियो ।

कार्यक्रममा संस्थाको इन्चार्ज गोपाल थापाको प्रमुख आतिथ्यता रहेको थियो । खेलाडी केसर केसीको अध्यक्षता र कार्यक्रम सञ्चालन सुवास बस्नेत र बिष्णु पण्डितले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here