पोखरा, १६ बैशाख । पाँच दिने अल्टिमेटम सहित अखिल (छैठौं) ले ज्ञापन पत्र दिएको छ । प्याब्सन एन प्याब्सन हिसान जस्ता संस्थाहरुको खारेजी र संस्थाका पदाधिकारीहरुलाई पाँच दिने अल्टिमेटम सहितको राजीनामाको माग गर्दै प्याब्सन एन प्याब्सन हिसानलाई नै (छैठांैं)ले ज्ञापन पत्र दिएको हो ।
छैठौंका कास्की जिल्ला कोषाध्यक्ष इन्द्रमणी पाण्डेले ज्ञापन पत्र दिए पश्चात प्रेस रिलीज जारी गरेका छन् । नेपालको संविधान २०७२ धारा ३१ म उल्लेखित मौलिक हकसँग बाझिने गरी राज्यमा सञ्चालित निजी विद्यालयहरुले विभिन्न सिण्डीकेट खडागरि विद्यार्थीहरुबाट चर्को शुल्क लिएको र यसलाई प्याब्सन एन प्याब्सन हिसान जस्ता संस्थाहरुले संरक्षण दिइरहेकामा मौलिक हकप्रतिको आक्रमण (छैठौं)ले बताएको छ ।
यस्ता शैक्षिक माफियाहरुको अन्त्य भई वैज्ञानिक व्यावहारिक र सर्वसुलभ शिक्षा लागु हुनुपर्ने माग अखिल छैठौंले अघि सारेको छ ।
आफ्नो मागलाई शिघ्र कार्यान्वयन नगरे आन्दोलनको थप कार्यक्रमबाट हुने सम्पूर्ण पक्षको जिम्मेवारी उक्त निजी संस्थाहरुले लिनु पर्ने चेतावनी समेत दिएको छ । शिक्षामा माफियाकरणको विरुद्ध अखिल (छैठौं) निरन्तर आन्दोलनमा रहेको समेत जनाएको छ ।
