ओमानमा भय रहित श्रमस्वीकृतको व्यवस्था गर्नुपर्ने आवश्यकता छः चित्र बहादुर केसी

0
520

दोस्रो राष्ट्रिय सम्मेलन भव्य रुपले सम्पन्न, अध्यक्षमा बस्नेत चयन

दुर्गा गिरी/ओमान, २७ अप्रेल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री चित्र बहादुर केसीले कतिपय घरेलु कामदारको काम दाम राम्रो भएपनि घरेलु काममा आएका महिला नेपाल फर्किएपछि श्रम स्वीकृती नपाउने चिन्ताले घर फर्किन नपाएकोले यो समस्या तत्काल सम्बोधन गरिनुपर्ने बताउनु भएको छ । केसीले राष्ट्रिय जनमोर्चाको प्रवास संगठन ओमान नेपाली एकता समाजको सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन मस्कट स्थित होटल अलरिफमा सम्बोधन गर्दै सो धारणा राख्नु भएको हो ।

सम्मेलनको प्रमुख अतिथिको आसनबाट केसीले समारोहलाई सम्बोधन गर्दै ओमानमा रहेका महिला कामदार तथा नेपाली श्रमिकका समस्यालाई नजिकबाट बुझ्न पाएको भन्दै उहाँले नेपाल फर्किएपछि उनीहरुका समस्या परराष्ट्र र श्रम मन्त्रीसम्म पुराउने आसश्वासन समेत दिनु भयो ।
ओमानमा रहेको नेपाली दूतावासले प्रवासी नेपालीहरु बचि बलियो उपस्थिति देखाएको भन्दै दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउन पहल गर्न समेत केसीले जोड दिनु भएको थियो ।

राजदूत शर्मिला पराजुली ढकालले सम्मेलनलाई सम्बोधन गर्दै यहाँ कार्यरत नेपाली श्रमिकका समस्या समाधानमा ढिला सुस्त नगरी आफू र सिङ्गो दूतावास परिवार नै सक्रियताका साथ बिदाको दिनमा पनि काम गरिरहेको बताउनु भयो । मानव तस्कर र श्रमिकका मुद्दामा ओमानमा रहेका संघ सस्थाले दूतावासलाई हरदम सहयोग गरिरहेको भन्दै संघसंस्था तथा यहाँ कार्यरत सबैको सहयोगले दूतावास सफल भइरहेको बताउनुभयो । साथै एकता समाज ओमानले आफ्नो कार्यकालको सुरुवाती दिनदेखी यहाँका चुनौती र समस्याका बारे सचेत गराइरहेको भन्दै राजदूत ढकालले नेपालीले ओमानमा इमान्दारको छाप छोडेको बताउनुभयो ।

सम्मेलनको अध्यक्षता भानुभक्त खनालले र सञ्चालन तुल्सीराम खनालले गरेका थिए । ज्ञातअज्ञात सहितहरुप्रती एक मिनेट मौनधारण पश्चात राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री क. चित्र बहादुर केसी र ओमानका लागि नेपालकी महामहिम राजदूत शर्मिला पराजुली ढकालद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि विधिवत रुपमा सम्मेलन समारोहको उद्घाटन गर्नु भएको थियो ।

अध्यक्ष छबिलाल बस्नेतलाई राष्ट्रिय सम्मेलनले पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । त्यस्तै उपाध्यक्ष– विष्णु अर्याल, महासचिव– इन्द्रलाल खनाल, सचिव– दिपक रम्तेल र कोषाध्यक्षमा तुल्सीराम खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः मनु सुनार, लक्ष्मी रायमाझी, मञ्जु बानियाँ, सन्तोष सापकोटा, गुनाखर खनाल, नवराज आचार्य, भिमलाल गिरी, बुद्ध बिक, टुक बहादुर रामदाम, यम प्रसाद पौडेल, वैकल्पिक सदस्यमाः श्यामला रेग्मी, हिमाल सागर र विष्णु पौडेल शर्मा रहेका छन् । सम्मेलनले पर्शुराम ढकाल, इश्वरी पाण्डे र भानुभक्त खनाललाई सल्लाहकार चयन गरेको छ ।

राष्ट्रिय गानको सुमधुर धुन पश्चात् इन्द्रलाल खनालको स्वागत मन्तव्य र रक्तिम कलाकारको स्वागत गीतद्वारा उपस्थित सबैलाई स्वागत गरिएको थियो ।

शोभाकान्त लामिछानेलाई विदाई

सम्मेलन समारोहबाटै अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेलाई विदाई गरिएको छ । लामिछानेले ओमानमा एकता समाजको विस्तारको पक्षमा महत्पूर्ण योगदान पु¥याएका थिए ।

सम्मेलन पश्चात् विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले नेता चित्र बहादुर केसीसँग आफ्ना चासो गुनासो प्रकट गरेका थिए । प्रवासका समस्या सहितको अन्तरक्रिया तथा चियापान कार्यक्रम समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here