“वाम सरकार पनि मताधिकार दिन हिचकिचाइरहेको छ”

0
493
नाडीयाड, २४ अप्रेल । प्रवासी नेपालीहरुलाई मताधिकार दिने सवालमा वाम सरकारले पनि आनाकानी गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले बताउनु भएको छ । पौडेलले सातौं नगर सम्मेलन उद्घाटन मन्तव्यको दौरानमा दिनुभएको हो ।
पौडेलले भारत प्रवासमा मूल प्रवाहले जुन प्रकारले श्रमजिवी नेपालीहरुको पक्षमा काम गरिरहेको छ, त्यसप्रकारको गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको सम्पूर्ण कार्यकर्ताहरुलाई अवगत गराउनु भयो ।
“विगतमा माओवादी द्वन्द्वबाट आक्रान्त परेको दैलेख जाजरकोटका जनताले माओवादी सत्तामा पुगेर के पाए ?” पौडेलले अगाडि भन्नु भयो– “कुनै पनि राजनीतिक पार्टीको भविष्य उसले बोकेको राजनीति विचारमाथि सुनिश्चित रहेको हुन्छ ।”
सञ्चालन तेजनारायण महतरा, अध्यक्षता जगत विष्ट, स्वागत भाषण हरि खत्री । स्वागत गित कलाकारहरुबाट । केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सल्लाहकार तथा महिला विभागकी सदस्य रमकला काउछा, रक्तिमको तर्फबाट पावेल वर्मा, नगर समितिका पूर्व अक्ष्यक्ष प्रेम प्रकाश थापा लगायतको आतिथ्यता रहेको थियो ।
नयाँ समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नुभएको थियो । जसमा: अध्यक्ष– जगत विष्ट, उपाध्यक्ष– प्रेम प्रकाश थापा, सचिव– तेजनारायण महतरा, सहसचिव– वेदप्रकाश रावल, कोषाध्यक्ष– हरि खत्री रहेका छन् । सदस्यहरुमा: हेमराज सोनी, प्रमोद खड्का, अर्जुन थापा, पदम केसी, राजेन्द्र भट, सुरेश थापा, हुकुम थापा, इन्द्र थापा, वैकल्पिक सदस्यमा: लक्ष्मी महतरा, कमल महतरा, भिम बहादुर थापा र खगेन्द्र थापा रहेका छन् । त्यस्तै सम्मेलनले सुरेश विष्ट र दीपक थापालाई सल्लाहकार चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here