अर्जुन शर्मा
बैशाख १०,पोखरा। नेपाल कम्युनिस्ट पार्टी(मसाल)निकट युबाहरुको संगठन अखिल नेपाल युवक संघ कास्कीको चौथो जिल्ला सम्मेलनबाट बिक्रम थापा अध्यक्षमा निर्बाचित भएका छन।कम्युनिस्ट पार्टिको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा ९ गते पोखरामा सम्पन्न उक्त सम्मेलन अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सम्मेलनमा संबोधनका क्रममा प्रमुख अतिथि थापाले वामपन्थी सरकार भनिएपनी युवा मैत्री कार्यक्रम ल्याउन नसकेको र उनीहरुको पनि स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न तिर पहल नगरेको बताए।उनले युवाहरु अझै पनि अधिकार प्राप्तिकै निम्ति लड्नुपर्ने बताए।
सचिब जयराम आचार्यको सन्चालन र बिक्रम थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा युबक संघकै केन्द्रिय सदस्य प्रसान्त थापा,रास्ट्रीय जनमोर्चा केन्द्रिय सदस्य चन्द्र बहादुर केशी ,रास्ट्रीय जनमोर्चाकै ४नम्बर प्रदेश अध्यक्ष शंकर बराल,रास्ट्रीय जनमोर्चा जिल्ला सचिब आकाश गौतम ,अखिल (छैठौं )केन्द्रिय सचिब गणेश अधिकारी ,जनजाति सम्मेलनका दिपक गुरुङ,रक्तिम सांस्कृतिक अभियानका बिमल पाण्डे लगायतले मन्तव्य राखेका थिए।
त्यसै गरि बन्दसत्रले बिक्रम थापाको अध्यक्षतामा १३पुर्ण र ४बैकल्पिक गरि १७सदस्यीय जिल्ला समिती चयन गरेको छ।जसको उपाध्यक्ष होम सुनार,सचीव जयराम आचार्य ,सहसचिव प्रेम बिक ,कोसाध्यक्ष प्रताप पौडेल र सदस्यहरुमा प्रकाश पौडेल ,लक्ष्मण ढुंगाना ,प्रेम केशी ,खगेन्द्र पौडेल ,सन्दिप पुन,पृया शर्मा, तिलक थापा,पदम बस्नेत एबम बैकल्पिक सदस्यहरूमा अर्जुन कार्की ,नाम बहादुर बाठामगर,प्रताप रोका मगर छन भने एक स्थान रिक्त राखिएको जिल्ला सचिब जयराम आचार्यले बताए।
सम्मेलनले यहि बैशाख २८,२९पोखरामा हुने संघको केन्द्रिय सम्मेलन सफल पार्न विभिन्न उपसमिती समेत निर्माण गरेको बताइएको छ।