दोहा (कतार) । प्रवासमा रहेका आम प्रवासीहरूले नेपालको वर्तमान राजनीतिक अवस्थालाई ठिकसँग बुझ्नु पर्ने कतार नेपाली एकता समाजका कोषाध्यक्ष धन बहादुर परियारले बताएका छन् । परियारले ‘संसारका मजदुर एक हौं, बुर्जुवा सांस्कृतिक विरोध गरौं, प्रगतिशील साँस्कृतिकको विकास गरौं ।’ भन्ने मूल नाराका साथ कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम साँस्कृतिक अभियान दोहा कतारको तेस्रो भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो विचार प्रकट गरेका हुन् ।
“देशको राजनीतिक परिस्थितिलाई ठूला भनाउँदा राजनीतिक दलहरुको अदुरदर्शिता कै कारण देशमा जातीय र क्षेत्रीय सद्भावमा असर पर्नथालेको छ ।” परियारले भने “हामी गरी खाने वर्ग हो, हाम्रो आन्दोलनको मूल एजेण्डा जातीय र क्षेत्रीय नभई वर्गीय शोषणको विरुद्ध हुन्छ ।”
भेलाले बल देव रानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको छ । जसमा: उपाध्यक्ष– रण बिसी, सचिव– रेशम रोका, सहसचिव– बिमल भुसाल, कोषाध्यक्ष– पहल सिंह सावत रहेका छन् । त्यस्तै सदस्यहरुमा: वसन्त बस्नेत, कुमारी काउछा, दिल बहादुर विक, हरि थापा रहेका छन् । त्यस्तै भेलाले हुमाकान्त आचार्य, खगेश्वर भुसाल, गिरी काउछा, कुमार खनाललाई सल्लाहकार चयन गरेको छ । भेलाले सुनिता परियार, ठाकुर सुनारलाई कलाकार चयन गरेको छ ।
एकता समाजका भुपु उपाध्यक्ष दावा लामा, अथितीहरू कतार नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका इन्चार्ज सूर्य सुवेदी, रक्तिम साँस्कृतिक अभियानका भुपु अध्यक्ष खगेश्वर भुसाल, भुपु अध्यक्ष बल्देब राना, महिला विभागकी अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका हरि शर्मा, एरियाहरूबाट लिलाकान्त चालिसे, वसन्त बस्नेत, तेज नारायण शर्मा, दोहा एरियाका गिरी काउछा, दिपेश भण्डारी, कतार नेपाली एकता समाजका पत्रकार तथा राम प्रसाद पराजुली, हाँक साप्ताहिका उधव मगर लगायतको भेलामा आतिथ्यता रहेको थियो ।
रक्तिम साँस्कृतिक अभियानका सचिव रण बहादुर बिसीको सञ्चालन, अध्यक्ष हुमाकान्त आचार्यको अध्यक्षताबाट कार्यक्रम भएको थियो ।