नगर सम्मेलन पूर्व धमाधम एरिया सम्मेलन 

0
654
चेन्नई दक्षिण, ८ अप्रेल । 
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिद्वारा सञ्चालित गिण्डी एरिया समितिको तेश्रो सम्मेलन सम्पन्न भएको छ । क्षेत्रीय प्रतिनिधि दयाराम खनालको बिशेष उपस्थिती र चूडामणि शर्माको सञ्चालनबाट अगाडि बढेको सो अध्यक्षता भारत जिसीले गर्नुभएको थियो । एक मिनेट मौनधारण उमानन्द शर्माले स्वागत मन्तब्य दिनुभएको थियो ।
सम्मेलनमा केन्द्रीय सदस्य मदन शर्मा, ज्योतिनारायण सुबेदी, दयाराम खनालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले भरत जिसिको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– धर्मराज शर्मा, सचिव– चूडामणि शर्मा, सहसचिव– खिमबहादुर पुन र कोषाध्यक्ष– उमानन्द शर्मा रहेका छन् । त्यस्त सदस्यमा प्रेमबहादुर थापा, ज्योतिनारायण सुबेदी, जुना देबी शर्मा, बिकास शर्मा, हरिबहादुर थापा, कृष्ण बहादुर थापा, बैकल्पिक सदस्यमा, गिरीप्रसाद सापकोटा, राजकुमार नेपाली, इन्द्रमणि पौडेल, जानुका सुबेदी र बिष्णु पोख्रेल रहेका छन् । त्यस्तै सन्तोष कुमार, दीपक नेपाली र मदन शर्मालाई सम्मेलनले सल्लाहकार चयन गरेको छ ।
नबनिर्बाचित समितिलाई दयाराम खनालले बधाई दिनु भएको थियो ।
त्यसैगरी सोही दिन सोही नगर समिति सञ्चालित पुन्नमल्लि एरिया समितिको भेला  नगर कोषाअध्यक्ष शिवप्रसाद पन्थीको बिशेष उपस्थितिमा सम्पन्न भएको छ ।
हर्कबहादुर थापाको सञ्चालन र भिमप्रसाद पोख्रेलको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई माधब पोख्रेलले स्वागत गरेका थिए । कार्यक्रममा शिवप्रसाद पन्थी, पदम बिक, मिनबहादुर राना लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । पदम बिकको अध्यक्षमा १३ सदस्यीय पुन्नमल्लि एरिया समिति पुनरगठन गरेको छ । जसमाः उपाध्यक्ष– माधब पोख्रेल, सचिव– हर्कबहादुर थापा, सहसचिव– मिनबहादुर राना र कोषाध्यक्ष– भिमप्रसाद पोख्रेल रहेका छन् । त्यस्तै सदस्यहरुमाः रेशम थापा, बुद्दिलाल केसी, भीमबहादुर बिक, मिनबहादुर थापा, बैकल्पिक सदस्यमाः लिलाराम पोख्रेल र गोमा पोख्रेल रहेका छन् । त्यस्तै भेलाले रामबहादुर नेपाली र धनबहादुर बिकलाई सल्लाहकार चयन गरेकोछ  ।   नयाँ समितिलाई शिव पन्थी  र टीकाराम कोइरालाले बधाई दिएका थिए ।
चिदम्बरम्, ८ अप्रेल ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत कल्लाकुर्ची एरिया समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । जीवन शर्माले कार्यक्रम सञ्चालन र रमाकान्त शर्माले अध्यक्षता गरेका थिए ।
शहिदहरु प्रति एक मिनेट मौनधारणा पश्चात नगर समितिका सचिव हेम बहादुर गन्धर्वले सम्मेलनको उद्घानट गर्नुभएको थियो । सम्मनेलनले रमाकान्त शर्माको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– होम सिंह नेपाली, सचिव– जीवन शर्मा, सहसचिव– खेमप्रसाद शर्मा र कोषाध्यक्ष तोयनाथ शर्मा रहेका छन् । त्यस्तै सदस्यमाः नारायण शर्मा र सिता नेपाली रहेका छन् ।
निर्वाचितहरुलाई नगर समितिबाटसुर्यमान गिरी र केन्द्रीय परिषद सदस्य चन्द्र कान्त शर्मा रहेका छन् ।
चेन्नई उत्तर, ८ अप्रेल । 
मूल प्रवाह अखिल भारत नेपालि एजता समाज चेन्नई उत्तर नगर समिति अन्तर्गत सेन्ट्रल एरिया समितिको उन्निसौँ सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ । भेला शुकदेब शर्माको सञ्चालन र प्रशुराम पराजुलिको अध्यक्षताबाट शुरु गरिएको थियो ।
नगर अध्यक्ष उमानन्द आचार्यको प्रमुख आतिथ्यता रहेको सो भेलामा क्षेत्रीय समितिका कोषाध्यक्ष शेरबहादुर बिक, नगर सचिव मोहराज सुबेदी, सदस्य तिलकराम गोराथोकी, महिला बिभाग तारा शर्मा, विद्यार्थी क्षेत्रीय सदस्य बिसन केसी लगायतले आसन ग्रहण गरेका थिए । शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको पछि फुलमाया केसीले भेलामा सहभागिहरुलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
भेलाको बिधिबत उद्घाटन नगर अध्यक्ष उमानन्द आचार्यले गर्नु भएको थियो । शेरबहादुर बिक, तिलकराम गोराथोकी, बिसन केसीले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । भेलाले फुलमायाँ केसीको अध्यक्षतामा ७ पुर्ण २ बैकल्पिक २ सल्लाहकार गरि ११ सदस्यीय एरिया समिति चयन गरिएको छ । जस्माः सचिव– बिसन केसी, कोषाध्यक्ष– तारा शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमाः मदन सिंह ठकुरी, सुकदेब शर्मा, दिपा केसी, राजेन्द्र कुंवर, बैकल्पिक सदस्यमाः लालबहादुर योगी र नारायण विक रहेका छन् । त्यस्तै फर्सबहादुर विकलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । नयाँ समितिलाई मोहराज सुबेदी र प्रशुराम पराजुलीले बधाइ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here