राष्ट्रवादी सरकार राष्ट्रघाती दिशातर्फ बढ्दै छ : कार्की

0
294

कञ्चन गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

बुटवल, चैत्र २३ । राष्ट्रबादी भनिने सरकार राष्ट्रघाती दिशातर्फ अगाडि बढकाले सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक हुनुपर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले जोड दिनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देही, कञ्चन गाउँपालिकाको प्रथम सम्मेलनमा प्रमुख आतिथिको आसनबाट सम्बोधन गर्दै कार्कीले अगाडि भन्नु भयो– “कञ्चन गाउँपालीकालाई वास्तविक कञ्चन बनाउन कञ्चन गाउँपालिकामा राष्ट्रिय जनमोर्चा सशक्त बनाउन कार्यकर्ताहरु अग्रसर हुनुपर्ने आवश्यकता छ ।”

हरैया बहुमुखी क्याम्पसमा सम्पन्न सो सम्मेलनमा राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव– दिपक पौडेल, अखिल नेपाल युबक संघ रुपन्देही अध्यक्ष गोपाल बञ्जाडे, अखिल नेपाल महिला संघ रुपन्देही सल्लाहकार पार्वती पौडेल र हरैया बहुमुखी क्याम्पस प्रमुख चुडामणि शर्माले शुभकामना मन्तब्य दिनुभएको थियो ।

सम्मेलनले लिलाराम खनालको अध्यक्षतामा ४ सल्लाहकार सहित १५ सदस्यीय कञ्चन गाउँ समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष– बिष्नु पुन, सचिव– तुलसी शर्मा, सह सचिव पदम मल्ल र कोषाध्यक्ष बिन्दुबहादुर कुँवर रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल क्षेत्री, दिलमाया फौंजा, कोषप्रसाद पौडेल, हेमराज ढकाल, गोमा पौडेल, मोहराज पौडेल रहेका छन् । खड्क जिसी, शिव पौडेल, शशिधर पौडेल र भिमबहादुर सिंजापती सल्लाहकारमा चयन हुनु भएको छ ।

सम्मेलन खड्क जिसीको अध्यक्षता र कपिल पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । सम्मेलनमा उपस्थित सम्पूर्णलाई लिलाराम खनालले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here