परिवर्तन आयो, भ्रमहरु हटे, असमझदारी छैनन् : ओली

0
232

“भारतसँग सहकार्यका साथ अगाडि बढ्न र मजबुत जगहाल्नका लागि भारत भ्रमण आएको हुँ “

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका साथ अगाडि बढ्नका लागि मजबुत जगहाल्नका लागि आफू भारत भ्रमणमा आएको बताएका छन् । साथै प्रधानमन्त्रीले भारतसँगको भ्रम, असमझदारी हटेको र परिवर्तन आएको पनि बताएका छन् ।

शुक्रबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा उनले भारतमा बस्ने नेपालीले छिमेकीसँगको सम्बन्ध तनावपूर्ण हुन्छ कि भनेर चिन्ता नगर्न आग्रह गरे । “छिमेकीसँग सम्बन्ध तनावपूर्ण हुन्छ भन्ने चिन्ता नगर्नुहोला” उनले भने “भारतसँगका भ्रमहरु हटेका छन्, असमझदारीहरु छैनन् अब ।”

छिमेकीहरुसँग समानता, बराबरी र पारस्परिक सहयोगात्मक सम्बन्ध विकास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकीको साथ लिएर अघि बढ्ने बताउँदै भने– “अब हामी अधिकार प्राप्तीको संघर्ष सकेर आर्थिक उन्नतीको बाटोमा गएका छौं । हाम्रा छिमेकीहरुसँग समानताका आधारमा, बराबरीका आधारमा, अहस्तक्षेपका आधारमा, पारपारिक सम्बन्धको आधारमा विश्वासको सम्बन्धको बृद्धि गर्ने र सहयोगात्मक सम्बन्ध विस्तार गर्ने तिकामहरु हामी गर्दछौं ।”

प्रधानमन्त्री ओलीले प्रवासी नेपालीहरुलाई आस्वस्त पार्दै भने– “अब नेपाल बन्छ, बनाउने कुरामा हामी ध्यान दिउँ । स्वदेशमा प्रवासी नेपालीहरु फर्किनका लागि आकर्षक बाताबरण बनाउने, बाहिर बस्न नपर्ने त्यस्तो आकर्षक बाताबरण । विदेश गएका युवाहरुका लागि नेपाल बनाउँछौं ।” “हाम्रो अनुभव राम्रो छ, साथीहरुले भारतमा एउटा परिस्थितिमा परिवर्तन आएको छ, भ्रमहरु हटेका छन्, असमझदारी रहेको छैन भन्दै सन्तुलित भाषामा भारतलाई चिढाउन खोजेनन् ।

‘दुबै छिमेकी देशहरुसँग मिलेर सहकार्य गरेर साथ लिएर विकास अगाडि बढाउँछौं’ उनले भने ‘हाम्रो छिमेकको भारत छिमेकी मित्र राष्ट्र, उत्तर तीरको चीन दुईवटै छिमेकीहरुको साथ लिएर हाम्रो आकांक्षाहरु पूरा गर्न अग्रसर हुन्छौं ।’

त्यसअर्थ त्यही उदेश्यका साथ भारतसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण बनाउने उदेश्यका साथ र नेपालको विकासमा, क्षेत्रीय विकासमा, नेपालमा शान्ति स्थिरता र स्थायीत्वका लागि अहिलेको नेपाल सरकारले काम गर्दछ । नेपालको विकासलाई केन्द्रमा राखेर काम गर्दछ ।

नेपालमा अहिले आफ्नो नेतृत्वमा इतिहासकै सु्दृढ सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक उन्नती र लोकतन्त्रको सुदृढिकरणका लागि जनताले आफूलाई गरेको विश्वासलाई तलमाथि हुन नदिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here