युबक संघले धमधमा युवाहरुलाई संगठित गर्दै

0
623
पाल्पा, चैत्र ११ । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) निकट रहेको अखिल नेपाल युवक संघ देशव्यापी संगठन निर्माणमा लागेको छ । यसै सन्दर्भमा पाल्पाको तेस्रो भेला महासचिव अनिल किशोर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न ।
घिमिरेले सो भेलालाई प्रमुख अतिथिको आसनबाट मन्तब्य दिनेक्रममा देशका राजनीतिक क्षेत्रमा युवकहरु अगाडि आउनु पर्ने बताए । उनले भने– ‘बदलिंदो परिस्थितिमा युवाहरु संगठित हुन आत्यावश्यक छ ।’
संघका भेलाको अध्यक्षता कमल थापाले र सञ्चालन माया मिदुनले गरेकि थिइन् । भेलामा सहभागिहरुलाई पुर्ण बहादुरआलेले स्वागत गरेका थिए ।
भेलालाई राजमो केन्द्रीय सदस्य सोम कार्की, जिल्ला अध्यक्ष विशाल दर्लामी, ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष तिलक गाहाले शुभकामना दिनुभएको थियो ।
भेलाले कमल थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसमा: उपाध्यक्ष– पुर्णबहादुर आले, सचिव– माया मिदुन, कोषाध्यक्ष– बिष्णु नेपाली रहेका छन् । त्यस्तै सदस्यहरुमा: पुर्खबहादुर खाम्चा, बेलबहादुर थापा, टिकाराम चौहान र २ स्थान रिक्त राखिएको छ ।

कास्कीमा पनि जिल्ला भेला सम्पन्न 

त्यस्तै संघले कास्कीमा पनि भेला सम्पन्न गरेको छ । भेलाले विक्रम थापाको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । संघका केन्द्रीय अध्यक्ष तिलक थापाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश नम्वर ४ का अध्यक्ष शंकर वराल, रक्तिम साँस्कृतिक अभियानका जिल्ला अध्यक्ष विमल पाण्डे लगायतका जनवर्गिय संगठनका प्रमूखहरुले भेला सफलताको लागि शुभकामना दिएका थिए ।
त्यस्तै भेलाले यहि वैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । संघको सातौं राष्ट्रिय सम्मेलन नजिकिंदै गर्दा देशका विभिन्न जिल्लाहरुमा भेला, सम्मेलनहरु सम्पन्न गर्ने क्रममा कास्कीमा पनि जिल्ला सम्मेलन गर्न लागिएको जिल्ला सचिव जयराम आचार्यले वताएका छन् ।
त्यस्तै सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चन्ऽबहादुर केसीको संयोजनमा ८१ सदस्यीय सातौं राष्ट्रिय सम्मेलन सहयोग समिति पनि गठन भएको छ । २०७५ साल वैशाख २८,२९ र ३० गते पोखरामा हुने सम्मेलन युवा मार्चका साथ सम्पन्न हुने र सम्मेलन उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी गर्ने जनाइएको छ ।
सम्मेलन पोखराको चिप्लेढुङ्गा स्थित मानव अधिकारचोकमा सम्पन्न हुने केन्द्रीय सदस्य विक्रम थापाले बताएका छन् । जिल्ला सचिव जयराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य इन्ऽमणि पाण्डेले गरेका थिए । जिल्ला अध्यक्ष विक्रम थापाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here