वन विहार तथा अनुसन्धान केन्द्रलाई व्यवस्थित गरिदै 

0
309
बुटवल । शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रलाई थप व्यवस्थित गरिने भएको छ । पर्यटकलाई आर्कषित गर्ने गरी अनुसन्धान केन्द्रको थप विस्तार गर्नका लागि केन्द्रले भारतको कानपुरस्थित प्राणी उद्यानको अध्ययन तथा अवलोकन गरेको छ ।
नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कैलालीको घोडाघोडी ताल तथा पार्कको अध्ययन अवलोकन गरिएको शङ्करनगर अनुसन्धान केन्द्रका सचिव खिमलाल पाण्डेले बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी  शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रको टोलीले भारतको कानपुरस्थित प्राणी उद्यान, त्यहाँ रहेका अन्य उद्यानहरुको अध्ययन तथा अवलोकन गरेको हो । अनुसन्धान केन्द्रको आवश्यकता अनुसार पूर्वाधार तयार गरेर फरक ढङ्गले व्यवस्थापन गरिने भएको छ ।
भारतको कानपुर र ललितपुरको जाउलाखेलको जस्तै संरचना कसरी बनाउन सकिन्छ भन्ने विषयमा अवलोकन भ्रमण गरिएको शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले बताएका छन् । सदर चिडियाखाना जाउलाखेल काठमाडौंको प्राविधिक, शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रको पदाधिकारी, इन्जिनियर, पत्रकार सहितको टोलीले अध्ययन तथा अवलोकन गरेको हो ।
चारदिने अध्ययन तथा अनुसन्धान भ्रमणको अवसरमा पार्क तथा जाउलाखेलका विशेषज्ञहरुबाट सिकेका कुरालाई व्यवहार ल्याएर शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्रको विस्तार गरिने केन्द्रका अध्यक्ष अर्यालले बताए । भारतको कानपुरमा सञ्चालित चिडियाखाना, गार्डेन तथा पार्कहरु जस्तै गरी शङ्कर नगरको  चिडियाखानाको विस्तार गर्नका लागि सबैसाग सरसल्लाह गरिने उनले बताए । भ्रमणको अवसरमा कानपुर प्राणी उद्यान केन्द्रका निर्देशक दीपक कुमार, डा. उमेश मन्द्र श्रीवास्तवसाग एकदिने अन्तरक्रिया गरिएको थियो ।
केन्द्रलाई थप व्यवस्थित गर्नुका साथै त्यहाँ रहेका जनावरहरुलाई संरक्षण गरी अन्य जनावर राख्ने गरी केन्द्रको विस्तार गर्ने योजना रहेको छ । दुर्लभ बन्दै गएका जनावर र विभिन्न प्रकारका चराहरुलाई संरक्षणका लागि योजना बनाउने कार्यक्रम रहेको छ ।
– श्यामलाल पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here