चित्र बहादुर केसी ओमान जाने

0
496

दुर्गा गिरी/ओमान । राष्ट्रियता, जनजिवीकाको पक्षमा निरन्तर नेपाली जनताको आवाज बोल्ने नेता चित्र बहादुर केसी ओमान जाने भएका छन् । संघीयता विरुधको आन्दोलनका एकलो वृहस्पती केसी “प्रवासी श्रमजीवी मजदुरहरुको आह्वान, मानव तस्कर विरुद्धको हाम्रो अभियान” भन्ने मूल नारा सहित ओमान नेपाली एकता समाजले दोस्रो राष्ट्रिय सम्मेलनको प्रमुख आतिथ्यताका लागि ओमान पुग्ने बताइएको छ ।

ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले दिएको जानकारी अनुसार सम्मेलनको उद्वघाटन र घोषणा सभामा समेत केसीको सहभागिता रहेन छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी ओमान आउने खबरले ओमानवासी श्रमजिवी नेपालीहरु अत्यन्तै हर्षित र उत्शाहित रहेको समाचार छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्ता लामिछानेलाई सोही सम्मेलनको अवसरमा विदाई गरिने बताइएको छ । ओमान नेपाली एकता समाजका महासचिव इन्ऽ लाल खनालबाट प्राप्त जानकारी अनुसार ‘लामिछाने प्रवास बसाईको अन्त्य गर्दै स्वदेश फर्किने हुनाले सोही सम्मेलनको अवसरमा बिदाई गरिने छ ।’

सम्मेलन ओमानमा चिरपरित अलरिफ होटल गोब्रामा २७ अप्रेलका दिन बिहान ११ बजेदेखि हुने बताइएको छ । प्राप्त जानकारी अनुसार सम्मेलनको लागि समाजका सम्पूर्ण स्तरका समितिहरु व्यापक तयारीमा जुटेका छन् । अलरिफ होटल गोब्रामा ओमानका क्रियाशिल अधिकांस संघ संस्थाहरुले कार्यक्रम सम्पन्न पार्ने गर्दछन् ।

बढ्दो मानव बेचबिखन तथा ओसारपसार क्रियाकलापले प्रवासी श्रमजीवी मजदुरहरुलाई घर न घाटको बनाईरहेको वर्तमान परिवेशमा उल्लेखित नारा अन्तर्गत ओमान नेपाली एकता समाजले सम्पन्न पार्न गईरहेको राष्ट्रिय सम्मेलनले महत्वपूर्ण अर्थ लाग्ने मिडियाकर्मिहरु बताउँछन् ।

ओमन नेपाली एकता समाजले मानव तस्करहरुका विरुद्ध ओमनमा छरिएर रहेका बुद्धिजीविहरु, पत्रकारहरु, क्रियाशिल विभिन्न संघसंस्था र सरकारका सम्बन्धित निकायलाई समेत एकजुट हुन अपिल अपिल गरेको छ । मानव बेचबिखन तथा ओसारपसार गर्नेहरुका विरुद्ध उठाईएको यो आवाज झिनो भएता पनि तिखो भने अवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here