प्यूठानको विकास पत्रकारिता पुरस्कार अन्सारीलाई

0
696
प्युठानमा क्रीयाशील पत्रकार सलिम अन्सारीलाई मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र खलंगा प्युठानले विकास पत्रकारिता पुरस्कारद्वारा सम्मानित गरेको छ । जिल्लाको समग्र विकासमा पत्रकारिताको क्षेत्रबाट योगदान पुर्याएकोले उनलाई सम्मान गरेको सरोकार केन्द्रले बताएको छ ।
२०३६ सालमा स्थानीय समाजसेवीहरु मिलेर स्थापना गरेको जिल्लाको सबैभन्दा पुरानो गैह्रसरकारी संस्थाका रुपमा परिचित मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र खलंगा प्युठानले आफ्नो ३९ औं स्थापना दिवसको अबसरमा अन्सारीलाई जिल्लाको विकासमा उत्कृष्ट समाचार लेखन तथा प्रसारण गरेकोमा सम्मान गरेको हो ।
अन्सारीलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले नगद ५ हजार रुपैयाँ सहित कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गरे ।
अन्सारीको परिचय :
साविक हंसपुर गाविस ६, कास्कोटमा मोहमम्द सफी मियाँ र समिरन खातुनको माहिलो सन्तानका रुपमा विस २०४७ साउन २७ गते सलिम अन्सारीको जन्म भएको थियो । सामान्य परिवारमा जन्मीएका अन्सारी प्यूठान जिल्लाको दक्षिण भेगबाट वर्तमान समयमा परिचित पत्रकार बन्न पुगेका छन् ।
उनले १७ वर्षको उमेरमा २०६४ मा छापा माध्यम प्युठान समाचार दैनिकबाट, २०६६ मा र इलेक्ट्रोनिक लाइनमा रेडियो माण्डवीबाट पत्रकारिता सुरु गरेका पत्रकार अन्सारी बिगत एकदशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रीयाशिल रहँदै आएका छन् । पत्रकार अन्सारी जिल्लामा खोज पत्रकारितामा अब्बल मानिन्छन् ।
स्वर्गद्धारी साप्ताहिक प्युठान, रेडियो हाईवे देउखुरी, रेडियो भ्वाइस कपिलबस्तु, साझा सबाल अनलाइन, न्युज अभियान, अनलाइन प्रभाव, राष्ट्रिय दैनिक काठमाडौं लगायतका पत्रपत्रिका, अनलाईन र रेडियोहरुमा समेत अन्सारीले काम गरिसकेका छन् ।
हाल राजधानीको नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार अन्सारी एविसी सञ्चार अनलाइनका प्रधानसम्पादक समेत रहेका छन् । उनी नेपाल पत्रकार महासंघ प्युठानका कार्यसमिती सदस्य समेत हुन् ।
अन्सारीको चासो:
रेडियो नेपालमा आउने कार्यक्रम सानै उमेर देखि अर्थात ५/६ कक्षामा पढ्दाका देखि नै खुब मन पराउने र सुन्ने बानीको साथसाथै यस्तै बन्ने अभिलासाले उनलाई गाउँगाउँमा गुन्जन थालेको एफएम रेडियोले आफूमा पनि रेडियोप्रतिको भोक जगाएको बताउँछन् ।
“थुप्रै छापा र अनलाईनका साथै विभिन्न क्षेत्रीय टेलिभिजन र एफएममा काम गरें” सलिमले भने “म क्याम्प्समा पढ्दा मध्यपश्चिम स्तरीय बक्तृत्वकला प्रतियोगितामा मध्यपश्चिम दोश्रो पनि भएको थिएँ । जिल्लामा कैयौं प्रतियोगितामा पनि सफल भएँ ।”
मञ्च कार्यक्रम उद्धघोषणमा प्यूठानमा अब्बल मानिने अन्सारी खोजमुलक समाचार लेख्न रुचाउने बताउँछन् । पत्रकारितामा खोजमुलक स्टोरी लेखनको प्रमुख विद्या र रुचि हो उनको ।
अन्सारीको पुर्खौली :
नेपालमा अधिकांश मुस्लिम समुदाय व्यापार, उद्योग, व्यवसायमा नै केन्द्रीत पाइन्छ । कतिपय सामान्य रुपमा कृषी क्षेत्रमा पाइन्छन् । आर्थिक रुपमा सम्पन्न मानिने यो समुदाय सामान्य पेशादेखि लिएर ठूला–ठूला व्यापारमा राम्रो पहुँच रहेको पाइन्छ । व्यापार गर्न नडाराउने र नसर्माउने यो समुदायको अधिकांशले जिवीको पार्जन पनि व्यापारबाट नै गर्दछन् । सलिम अन्सारीको पुर्खौलीको धेरै जग्गा जमिन भएता पनि व्यापार क्षेत्रमा नै धेरै पहुँच थियो । यसरी हेर्दा अन्सारीका पुर्खौली पनि व्यापारी क्षेत्रमा नै परिचित हुन भन्न मिल्छ । मुस्लिम समुदायमा अलि माथि स्तर उठेको उनको परिवार, उनको बाल्यकाल राजनीति र व्यापार पृश्ठभुमि रहेको छ ।
पत्रकारीताको शुरुवात:
२०६३ मा सरस्वति माध्यामिक विद्यालय चाभाबाट एसएलसी सकाए पछि प्लस टु पढ्नका लागि सदरमुकाम खलंगा हानिएका अन्सारीले त्यहाँ रेडियो, पत्रीका सञ्चालन र विद्यार्थी राजनीतिमा सक्रीय हुँदै गर्दा पत्रकार साथीहरुसँगको चिनाप्रचीले फाट्फुट समाचार लेख्ने काम सुरु गरेको बताउँछन् ।
प्युठान समाचार दैनिकका तात्कालिन सम्पादक नुमराज खनालको सहयोगमा समाचार छापिन थालेको विगत उनले बताए । रेडियो नेपालको कार्यक्रम मनपराउँदै, सुन्दै र गाउँगाउँमा गुन्जीएका एफएमका आवाज हुँदै अन्सारी विकास पत्रकार बनेका छन् ।
प्यूठानको दक्षिण क्षेत्र विगतमा जिल्लाको विकास र उन्नतीको क्षेत्रबाट पिछडीएको मानिन्थ्यो । शिक्षाको हिसावले पनि यो क्षेत्रको विगत राम्रो होइन । विस २०४७ पछिको वर्तमान अवस्था भने यो क्षेत्र शिक्षा, राजनीति र अन्य विकास क्षेत्रमा पनि राम्रो दखल पुर्याउन थालेको छ । पूर्व सांसद धनवहादुर रायमाझी, पत्रकार नुमराज खनाल, सलिम अन्सारी, झगबहादुर विश्वकर्मा राम्रा व्यक्तित्वहरु परिचित भइसकेका छन् । विगतमा गाउँका विद्यालय सञ्चालनका लागि शिक्षक लागि छटपटाउनु पर्ने अवस्था भने अहिले छैन । पुरस्कार सानो छ तर टैग ठूलो छ, त्यसैले दक्षिण प्यूठानका सलिम अन्सारीलाई हार्दिक वधाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here