काठमाडौं । संसदको बैठकमा बोल्ने अधिकांश नेताहरुले संघीयताको बखान गरिरह“दा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भने संघीयताको विरोध गरेका छन् ।
मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफ्नो पार्टीको संघीयता विरोधी अडान यथावत् रहेको दोहोर्याईन् । “हामीले त्यो वेला संविधान निर्माणको वेलामा पनि स्पष्टरुपमा त्यसको अन्तरवस्तु मै त्यति ठूलो विमती राख्ने पार्टी राष्ट्रिय जनमोर्चा जसले संघीयताको विरुद्धमा आफ्नो विमती कायम राखेरै संशोधन सहित संविधान घोषणा गर्ने कुरामा सहमती जनाएको थियो । त्यो विचार, त्यो नीति अहिले पनि हाम्रो दृष्ढ र स्पष्ट छ, त्यही रहेको छ, संघीयता सम्बन्धि” पौडेलले भनिन् ।
“हामीले गणतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गर्दै आगामी दिनमा यो देशको विकासको निम्ती एक भएर अगाडि बढ्नको निम्ती मूल एजेण्डा केले रोकेको छ, त्यसलाई समाप्त पार्नु जरुरी छ” पौडेलले थपिन् ।
पौडेलले देश विकासको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार रहेको बताइन्, भ्रष्टाचार न्युनीकरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । वास्तव मै भन्नु हुन्छ भने पक्कै पनि धेरै पाटाहरु छन् त्यसको महत्पूर्ण पाटो कुन छ भने यो भ्रष्टाचार । “यसलाई न्यूनिकरण कसरी गर्ने ? यसको जरालाई कसरी समात्ने ? त्यसलाई समाप्त पार्नको निम्ती पनि हामी एकतावद्ध भएर जानु पर्ने जरुरी छ ।”
सबैभन्दा माथि राष्ट्रियतालाई राख्न र राष्ट्रियतास“ग कसैले पनि सौदावाजी नगर्न पौडेलले आग्रह गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगतको अडान कायम राख्न पनि आग्रह गरिन् ।