दिपेन्द्र सिंह ऐरी ग्लोबल आइएमईका लागि प्रायोजन

0
469

काठमाडौं । ग्लोबल आइएमई बैङ्कले आफ्नो एघारौंं वार्षिक उत्सवको अवसरमा क्रिकेट राष्ट्रिय टिमका सदस्य एवं अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई एक वर्षका लागि प्रायोजन गरेको छ । रजिस्टर्ड कार्यालय कमलादीमा २०७४ फागुन १० आयोजित एक समारोहबीच बैङ्कले ऐरीलाई प्रयोजन गरिएको घोषणा गरेको हो ।

प्रायोजनपछि बैङ्कले ऐरीलाई एक वर्षका लागि चार लाख (मासिक २० हजार र बाँकी रकमको स्पोर्टस् किट प्रदान गर्ने भएको छ । प्रायोजन सम्बन्धी सो कार्यक्रममा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र क्रिकेट खेलाडी ऐरीले सम्बोधन गरेका थिए । समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले मन्तव्य राखेका थिए ।

शाखारहित बैङकिङ सेवा विस्तार
यसैबीच, ग्लोबल आइएमई बैङ्कले २०७४ फागुन १० गते देखि तनहुँको भानु नगरपालिका–१०, कालीमाटीमा एकहत्तरौँ र लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका–३, सोती पसलमा बहत्तरौँ शाखारहित बैङकिङ सेवा सुरु गरेको छ । तनहुँको कालीमाटीमा खोलिएको शाखारहित बैङकिङ सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गरेका थिए भने लमजुङको सोती पसलमा खोलिएको सेवाको उद्घाटन मध्य नेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले गरेका थिए ।

माछापुच्छको सी आस्बा सेवा सुरु
काठमाडौं । माछापुच्छ बैङ्कले आफ्ना सम्पूर्ण शाखाहरुबाट सी आस्बा रजिस्टे«सन नम्बर लिने व्यवस्था सुरु गरेको छ । २०७४ फागुन ११ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा ंिधतोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सी आस्बा प्रणाली मार्फत् आवेदन दिनु पर्ने ब्यवस्था भएकाले बैङ्कले यस्तो सेवा सुरु गरेको हो ।

यस व्यवस्था पश्चात अब ग्राहकले यस बैङ्कको कुनै पनि शाखाबाट सी आस्बा रजिस्टे«सन नम्बर लिई सी आस्बा प्रणाली मार्फत् धितोपत्र खरिद गर्न आवेदन दिन बताइएको छ । बैङ्कले ग्राहकले अनलाइन आवेदन दिन चाहेमा सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा प्रदान गरिएको मेरो सेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत अनुरोध गरेको छ । साथै यस बैङ्कको सम्पूर्ण शाखाहरु मार्फत् डिम्याट खाता खोल्न सकिने र मेरो सेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौज्दातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा बैङ्कले जानकारी गराएको छ ।

वित्तीय साक्षरता कार्यक्रममा सहयोग
यसैबीच, माछापुच्छ बैङ्कले युकेएड सक्षमसँगको सहकार्यमा बैङ्कको शाखा तथा शाखारहित सेवा आसपासको क्षेत्रमा वित्तीय साक्षरता अभिवृद्धि गर्नका सहयोग गरेको छ । यस क्रममा २०७४ फागुन ७ गते चन्द्रोदय मावि गजुरी, धादिङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरुलाई बैङ्कको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले ३५० थान झोला समेत हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here