मूल प्रवाहको गतिविधि

0
183

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत तिरुभुबनै एरिया समितिद्वारा संचालित एरिपाकुम टोल समितिको भेला सम्पन्न भएको छ । केन्द्रीय समितिका सल्लाहकार सुर्य थापा, नगर सदस्य गोपाल गिरी, राजु थापाको उपस्थिति तथा र प्रेमबहादुर लिम्बूको पहलमा सम्पन्न भेलाले प्रेमबहादुर लिम्बूको अध्यक्षतामा टोल समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– रामप्रकाश चौलागाईं, सचिव– गंगा प्रसाद लिम्बू र कोषाध्यक्ष– भिम बाहादुर लिम्बू रहेका छन् । त्यस्तै सदस्यमाः दिलिप लिम्बू, हिमाल परियार, केशव राई, राजु खनाल र यूसुप लिम्बू रहेका छन् ।

भेला प्रेमबहादुर लिम्बूको अध्यक्षता र गंगा प्रसाद लिम्बूको सञ्चालनबाट अगाडि बढेको थियो । सुर्य थापा, नगर सदस्य राजु थापा, गोपाल गिरीले नया“ समितिलाई बधाई दिएका थिए । कार्यक्रममा सहभागिहरुलाई रामप्रकाश चौलागाईंले मन्तब्यबाट स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here