बुद्ध जयन्तिको अवसरमा रोमानियामा विषेश कार्यक्रम गरिने ।

0
26

जीवन पौडेल, बुखारेस्ट।(May-2025)

गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल तामाङ घेदुङ रोमानियाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजनमा तथा नेपाली समाज, शेर्पा किदुग रोमानिया , नेपाल मगर समाज, तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा तेस्रो शान्तिपूर्ण -याली आयोजना गरिने भएको हो ।

बुद्ध जयन्तीको दिन १७ मे शनिबार का दिन बुखारेष्टको संसद भवन अगाडि रहेको Constitution Square बाट दिउँसो २:३० बजे शुरु हुने शान्तिपूर्ण ¥याली Uneri हुँदै पुन: संसद भवनमा पुगेर कोण सभामा परिणत हुनेछ ।

कार्यक्रममा गुरुबाट मोलम पाठ तथा पूजा-पाठ गरिनेछ, जसले बुद्धको शान्ति, अहिंसा र सहिष्णुताको सन्देशलाई उजागर गर्नेछ ।
आयोजकहरूले रोमानियामा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्थाका प्रतिनिधिहरू तथा बुद्ध धर्मप्रति श्रद्धा राख्ने सबैलाई कार्यक्रममा सक्रिय सहभागिता जनाइदिन अनुरोध गरेका छन् ।

यस कार्यक्रममा किराना पसल, द आदिती किचन, एभरेष्ट रेष्टुरेन्ट र माछापुच्छ्रे रेष्टुरेन्टको सहयोग रहने आयोजकले जानकारी दिएको छ।

‘भगवान बुद्ध नेपालमा जन्मनु भएको हो र उहाँले दिएको शान्तिको सन्देश विश्वभर फैलियोस’ भन्ने सन्देशलाई विश्व समुदायमा फैलाउनु यालीको मूल उद्देश्य रहेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here