मृगौला पीडित नगेन्द्र थापालाई कोरिया नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । बागलुङको जैमिनी नगरपालीका वडा नं. १० राङखानी घर भएका थापालाई चितवनमा मंगलबार एक कार्यक्रमका बिच आर्थिक सहयोग गरिएको हो ।
कोरियामा काम गरिहेका नेपालीद्धारा सङ्कलन गरिएको २ लाख ७६ हजार रुपैयाँ राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले पीडित थापालाई हस्तान्तरण गरेका हुन् ।
हस्तारन्तरण गर्दै उनले थापाको उपचारका लागि रकम अभाव हुन नदिनका लागि अभियान सञ्चालन गरिने समेत बताएका छन् । उनले बिरामीको उपचारका लागि रकम सङ्कलन गरेर पठाएकोमा कोरिया नेपाली एकता समाजलाई धन्यवाद समेत दिएका छन् ।
पिडित थापाले दक्षिण कोरियामा रहँदा विभिन्न संघसंस्था र कला साहित्यमा समेत आफ्नो अमुल्य योगदान दिएका थिए । हाल थापाको दुवै मृगौलाले काम गर्न छोडे पछि पोखराको मनिपाल अस्पतालमा उपचारत डायलासिस गराई रहेका थापाको आगामी जेठ ९ गते गण्डकी मेडिकल कलेज मृगौला प्रत्यारोपण हुँदैछ ।
थापाको उपचारको लागी विभिन्न संघसंस्था तथा व्यक्तिमार्फत समाजले रकम सङकलनको अभियान समेत सञ्चालन गरेको थियो । सोही अभियानबाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको हो ।
उपचार खर्चिलो भएपछि उद्योग समेत अहिले बन्द अवस्थामा रहेको उनलाई आफ्ना बुवा महेन्द्र थापाले मृगौला दिने भएका हुन। उपचारका लागी दश लाख रुपैयाँ खर्च लाग्ने कलेजले बताएको बिरामी थापाले बताएका छन् । उनले आफ्नो उपचारमा आर्थिक तथा सामाजिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत व्यक्ति गरेका छन् ।
दश वर्ष कोरियामा कार्यरत थापाले नेपालमा आए पछि बरेङ गाउँपालिकाको बरेङ बजारमा उद्योग सञ्चालन गरेका थिए ।