मूल प्रवाहका कार्यकर्ताको बिदाइ

0
370

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य चन्द्र बहादुर श्रीस र मध्य हैदरावाद अन्तर्गत कुसाइगुडा एरिया समितिका सदस्य कृष्ण बहादुर थापालाई विक समारोह बीच बिदाइ गरिएको छ । मूल प्रवाहका केन्द्रीय सल्लाहकार हरि आचार्यको प्रमुख आतिथ्यतामा उहाँलाई बिदाइ गरिएको हो ।

समारोहमा मन्तव्य दिदै राष्ट्रिय जनमोर्चाका पूर्व सांसद समेत रहनु भएका नेता आचार्यले लामो समयसम्म सङ्गठनबाट आर्जन गरेको अनुभवलाई नेपालमा पनि शोषित, पीडित, मिहिनेतकश जनताका पक्षमा उपयोग गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । “यद्यपि नेपालमा प्रवासमा जस्तो अनुकूल परिस्थिति नहुन सक्छ, तर प्रतिकूल परिस्थितिमा काम गर्न डटी रहुनु नै आस्थाप्रतिको इमानदारी हो” आचार्यले भन्नु भयो । कार्यक्रममा एकता समाजका केन्द्रीय सदस्य राम प्रसाद आचार्य, सूर्य बहादुर पुन, भिम बहादुर थापा लगायतका नेता/कार्यकर्ताहरुले पनि मन्तव्य राख्नु भएको थियो ।

बिदाइ गरिएका चन्द्र बहादुर श्रीसलाई प्रमुख अतिथि हरि आचार्यले अबिर र पुष्पगुच्छा सहित सम्मान गर्नु भएको थियो । राम प्रसाद पौडेलको अध्यक्षता र खिम बहादुर विकको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राम कुमार क्षेत्रीले स्वागत मन्तव्य दिनु भएको थियो ।

मूल प्रवाहमा गत २० वर्षदेखि विभिन्न जिम्मेवारीहरु निर्वाह गर्दै आएका श्रीस बागलुङ, बरेङ गाउँपालिका–२ का निवासी हुनु हुन्छ । कृष्ण बहादुर थापा, कालीगण्डकी गापा, वडा न ६, खनियापाटा गुल्मी हुन् ।

लुधियाना,
त्यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिले समितिका वैकल्पिक सदस्य गजाधर खनाल उर्फ तुल्सी खनाल र सल्लाहकार नारायण पोख्रेललाई एक समारोह बीच विदाई गरिएको छ । समाजको लुधियानास्थित क्षेत्रीय कार्यालयमा सम्पन्न समारोह क्षेत्रीय सचिव त्रिभुवन भट्टराईको सञ्चालन तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको अध्यक्षता रहेको थियो ।

सो सभामा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले अविर र माला लगाएर दुवै जनालाई ससम्मान वधाई तथा शुभकामना दिनुभयो । त्यस्तै केन्द्रीय उपाध्यक्ष हिरा सिंह चंद, महिला विभागकी शुष्मा खडका, जनजाति केन्द्रीय विभागका राम बहादुर पुन, समता विभागका विनु नेपाली, केन्द्रीय सदस्य कुल बहादुर वगाले, दिनेश खडका, तिलक पौडयाल, कृष्ण केसी, वासुदेव भट्टराई महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा लगायतले शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here