अतिक्रमित भुमी समेटेर तत्काल नयाँ नक्सा जारी गर्न जागरण अभियानको माग

0
154
काठमाण्डौं । राष्ट्रिय जागरण अभियानले नेपालको अतिक्रमित भुमी समेटेर तत्काल नयाँ नक्सा जारी गर्न नेपाल सरकार समक्ष माग गरेको छ । अभियानका संयोजक सन्तबहादुर नेपालीले एक वक्तव्य जारी गर्दै उक्त माग गर्नु भएको हो ।
संयोजक नेपालीले भारतीय विस्तारवादी कदमको घोर निन्दा र भत्सर्ना गर्दै भारतीय हस्तक्षेप विरुद्ध सम्पूर्ण राजनैतिक पार्टी, संघसंगठन र देशभक्त शक्तिहरुको एकीकृत आन्दोलनकाे उठान गर्नुपर्ने बताउनुभएकाे छ ।
भारतले लामो समयदेखि लिम्पियाधुरादेखि कालापानीसम्मको भु-भागमा कब्जा जमाउनु, लिपुलेकसम्म आफ्नो भु-भाग भएको झुठो दाबी सहित निरन्तर हस्तक्षेप गर्नु, यहीँ क्रममा उसले लिपुलेकसम्मको भुमि आफ्नो नक्सामा राख्नु र अहिले एकपक्षीय रूपमा चीन जोड्ने सडक समेत निर्माण गर्नु यी सबै भारतीय विस्तारवादको नेपाली स्वाधीनता माथिको नाङ्गो हस्तक्षेप भएकाे व्क्तव्यमा उल्लेख छ ।
वक्तव्यमा भनिएकाे छ- ”भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने भारतीय सडक उद्घाटन गरेको कार्यप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । भारतीय शासक वर्गको उक्त विस्तारवादी कदमको राष्ट्रिय जागरण अभियान घोर निन्दा र भत्सर्ना गर्दछ । भारतीय हस्तक्षेप अतिक्रमणका बिरुद्धमा आन्दोलनरत सम्पुर्ण देशभक्तहरुलाई अभिनन्दन गर्दै उक्त आन्दोलन प्रती एक्यवद्धता प्रकट गर्दछ । सम्पूर्ण राजनैतिक पार्टी, संघसंगठन र देशभक्त शक्तिहरुको एकीकृत आन्दोलनबाट मात्र नेपाली स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सकिने हुँदा त्यस प्रकारको आन्दोलन अबिलम्ब उठाउनु पर्ने आवश्यकतामा राष्ट्रिय जागरण अभियान विशेष जोड दिन्छ ।
१८१६ को सुगौली सन्धिमा नेपाल भारत सिमाना काली नदि भएको र त्यसको उद्गमस्थल लिम्पियाधुरा भएको प्रष्ट उल्लेख छ । भारतले लामो समयदेखि लिम्पियाधुरादेखि कालापानीसम्मको भु-भागमा कब्जा जमाउनु, लिपुलेकसम्म आफ्नो भु-भाग भएको झुठो दाबी सहित निरन्तर हस्तक्षेप गर्नु, यहीँ क्रममा उसले लिपुलेकसम्मको भुमि आफ्नो नक्सामा राख्नु र अहिले एकपक्षीय रूपमा चीन जोड्ने सडक समेत निर्माण गर्नु यी सबै भारतीय विस्तारवादको नेपाली स्वाधीनता माथिको नाङ्गो हस्तक्षेप हुन् । भारतीय विस्तारवादद्वारा नेपालको सार्वभौमसत्ता बारम्बार आक्रमण हुँदै आएको छ ।
विश्व मानव जगत कोरोनाको संक्रमणले बन्दी बनिरहेको बेला भारतीय विस्तारवादले जुन रूपमा नेपालको राष्ट्रियता माथि नाङ्गो हस्तक्षेप गरेको छ, यो उसको मानवता बिरोधी क्रियाकलाप हो । राष्ट्रिय जागरण अभियान भारतीय शासक वर्गको उक्त बिस्तारबादी कदमको कडा शब्दमा विरोध गर्दछ । भारतले नेपाली भुमी अतिक्रमण गरि बनाइरहेको उक्त सडक निर्माण कार्य बिना सर्त अबिलम्ब बन्द गर्नु पर्दछ । कालापानीदेखी लिम्पियाधुरासम्मको लगायत अतिक्रमित सम्पुर्ण नेपाली भुभाग नेपाललाई फिर्ता गर्नु पर्दछ ।
भारतीय विस्तारवादले लामो समयदेखि पटकपटक नेपालको सार्वभौमिकतामाथि आक्रमण गर्दै आइरहेको छ । अहिलेसम्मका नेपालका शासकहरु भारतसँग कुटनैतिक रूपमा आफ्नो ठोस कुरा राखेर आफ्नो भुमि फिर्ता गराउन असक्षम भइरहेका छन् । आफ्नो बलियो प्रमाण हुँदाहुँदै प्रष्ट रूपमा कुरा गर्न नसक्नु उनीहरुको भारतीय विस्तारवादपरस्त दलाल मानसिकताले काम गरेको प्रष्ट छ । अहिले नेपाली जनताले झण्डै दुइ तिहाइको जनमत दिएको ओली सरकारले समेत अतिक्रमण भएको भुमी फिर्ता गर्नेबारे ठोस रूपमा कदम चाल्न सकेको देखिदैन । अहिलेसम्मका नेपालका शासकहरुको भारतपरस्त नीति र क्रियाकलापको हामीले विरोध गर्दै आइरहेका छौँ ।
अहिले पनि हाम्रो प्रष्ट माग छ : नेपाल सरकारले भारत द्वारा अतिक्रमित पश्चिम लिम्पियाधुरासम्मको सम्पुर्ण नेपाली भुमि समेटेर तुरुन्तै नेपालको नया नक्सा सार्वजनिक गर्नु पर्दछ । आफ्नो अतिक्रमित भुमि फिर्ता लिन भारतसँग कुटनैतिक पहल अबिलम्ब अगाडी बढाउनु पर्दछ । नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर समेत आफ्नो भुमि फिर्ता लिन ठोस पहल गर्नु पर्दछ । सरकारलाई ती कार्यहरु गर्न बाध्य पार्न जनस्तरबाट शसक्त दबाबको सृजना गरिनु पर्दछ ।”
Image may contain: text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here