टोकियो, जापान । जापान नेपाली एकता समाज क्षेत्रिय समिति टोकियोले भारतीय हस्तक्षेपको विरुद्ध सबै एकजुट हुनुपर्ने जनाएको छ ।
समाजका अध्यक्ष देबेन्द्र बस्यालले एक विज्ञप्ती जारी गर्दै नेपाल भुमिमा भारतीय साम्राज्यवादको हस्तक्षेप कुनैपनि अवस्थामा सहिय नहुने बताउनु भएको छ । नेपाली भुमीमा विदेशी बुट बज्रिँदा टुलुटुलु हेरेर बस्न नसकिने वक्तव्यमा उल्लेख छ ।