कोरोना भाइरसबाट सृजित परिस्थितिको सबै मिलेर सामना गराैं

0
185

-नारायण सुवेदी, बुटवल

सँधैजसो भन्दा यसपटकको नयाँ बर्षमा फरक ढँगबाट शुरुभएको छ । यसपटकको नब बर्ष अन्य बर्षहरु भन्दा बेग्लै अवश्य नै रहयो र रहनेछ । यसपटक नयाँ बर्षमा एक अर्कासँग अङ्कमाल गरेर होइन सामाजिक दुरी कायम राखेर टेलिफोन र अनलाइन मार्फत धरमै बसी बसी शुभकामना आदान प्रदान ग¥यौं । यो बर्षको उत्साहलाई हामी धुमफिर गरेर होईन घरभित्रै सिमित राखेर मनाउने ग¥यौं ।

यता मानव अस्तित्व लाई नै संकटमा पार्ने गरी बिश्वब्यापी माहामारिको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको प्रकोपलाई नयाँ बर्षको सुरुवात संगै निर्मुलको दिशामा अगाडी बढन सिङ्गो मानव समाज सक्षम रहनेछ । प्रकोप अन्त्य संगै आर्थिक सामाजिक बिकासमा विश्व समुदाय दुर्त गतिमा अगाडि बढन सक्नेमा म विश्वस्त छु । यस भाइरसबाट त्रास बनेको बिश्व मानब समुदायले यस विरुद्ध विजयी हासिल गर्न सक्नेछ । राष्ट्रमा सदाचार, सुशासन,र अग्रगमन एवं जन जनमा सुख, शान्ति र समृद्धि प्राप्त पक्कै हुनेछ भन्ने कुरामा आशावादी गरौं ।

नयाँ बर्ष को सुरुवात मै सेतो पानामा कालो मसिले यो लेख लेख्दै गर्दा विश्व आज मानब सभ्यता बचाउने लडाइँमा होमिएको छ । नयाँ बर्षको आगमन सँङ्गै हामी सबैले सरकार घोषणा गरेका निर्देशनलाई पालना गर्दै दिदै उच्च मनोबल र ईमान्दारिताका साथ कोभिड १९ माथि मानब जातिले पुर्ण विजय प्राप्त गर्न सक्षम हुनेछौं । नयाँ उत्साह र जाँगरका साथ अगाडी बढ्ने प्रेरणा मिलोस् ।

यस पटक नयाँ बर्षमा लकडाउन र लकडाउनमा नयाँ बर्ष अल्मलिएका छन जुन उस्ता उस्तै लाग्छ तर हाम्रा लागि नयाँ बर्ष भन्दा लकडाउन नै नयाँ हो । नयाँ बर्ष मनाउने क्रममा कोरोनाको विरुद्ध एकताबद्ध भएर लड्नु परेको छ । यो बर्ष यस्तै भयोे अर्को बर्ष गरौला यस्तो तपाईले पनि भन्दै हुनुहुन्छ होला तर नभननुस किनभने घातक भाइरसहरु सधै आउन सक्छन् नयाँ बर्ष त हरेक साल आउँछ जान्छ ताकि नयाँ जिन्दगी मात्र एक पटक आउँछ । साल नयाँ हुनु भनेकै उमेर पुरानो हुनु हो त्यसैले हामीले नयाँ बर्ष ठिक्क भएर मनाऔँ, तर ख्याल राखौँ पटक पटक साबुनपानीले मिचिमिची हात धुने गरौं घरमै बसौ । अदृष्य शत्रु कोरोना भाईरसलाई परास्त पार्न स्वास्थ्य कर्मीले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनहरुको पुर्ण रुपमा पालना गरौ आमा, राष्ट्र, र आफु जन्मेको ठाउँप्रतिको उच्च सम्मान अझै बढदै जाओस महामारीको रूपमा फैलिएको भाइरसबाट सृजित यस विषम परिस्थिति सङ्ग सामना गर्न सक्ने शक्ति प्रदान होस् । आउनुहोस् नयाँ बर्षमा हामि सबैले यही कामना गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here