सिमरा । माक्र्सवादी लेनिनवादी अध्ययन केन्द्र बाराको प्रथम भेला जिसी उपमहानगर पालिका वडा नं. १४ मा रहेको जनकल्याण मन्चको सभाहलमा सम्पन्न भएको छ । बारा जिल्लाका बृद्ध बामपन्थी नेता नन्दन अर्यालले मैन बत्ति बालेर भेलाको उद्घाटन गर्नुभएको हो ।
भेलामा दीपक चौधरीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने कर्ण थापाले विधान मस्यौदा पेश गर्नुभएको थियो । भेलामा प्रस्तुत अवधारणा पत्र र विधान मस्यौदा छलफल पश्चात सुझावसहित पारित गरीएको आयोजकले जनाएको छ ।
भेलाले ईश्वरराज ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा भिम केसी, सचिवमा कर्ण थापा, कोषाध्क्षमा मुक्ति केसी र सदस्यहरुमा क्रमशः केदार प्याकुरेल, टिका थापा मगर, दीपक चौधरी, कैलास यादव लगायत रहेका छन् । समितिको सल्लाहकारमा नन्दन अर्याल, बेनी तिमिल्सीना र शुदर्शनराज पाण्डे रहनुभएको अध्ययन केन्द्रले जनाएको छ ।
इश्वर ढुंगेलको सभापतित्वमा अगाडि बढेको भेलाको संचालन कर्ण थापाले गर्नुभएको थियो भने स्वागत भिम केसीले गर्नुभएको थियो ।