बार्सिलोना । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा बहुप्रतिक्षित चलचित्र “सेन्टी भाइरस” प्रदर्शन हुने भएको छ । चितवन समाज स्पेनले यही मार्च २ सोमबारका दिन उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो ।
धुर्मस–सुन्तलीको अगुवाइमा चितवनमा जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ चलचित्र “सेन्टी भाइरस” प्रदर्शन हुन लागेको चितवन समाज स्पेनका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले उक्त चलचित्र हेर्न र सामाजिक कार्यमा सहभागी बन्नको लागी बार्सिलोनामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा आव्हान समेत गर्नुभएको छ ।
कार्यक्रम हुने मिति, समय र स्थान
२ मार्च २०२०
१७ः०० बजे (साँझ ५ बजे)
सेने जिरोना (C/GIRONA 175)