राजनीतिक संरक्षण कारण भ्रष्टाचारीहरूको मनोबल बढेको छ- ढुंगाना

0
196

तिलक थापा,बागलुङ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले भ्रष्टाचारीले राजनीतिक संरक्षण पाइरहेको उल्लेख गर्दै  जेलबाट छुट्दा राजनीतिक दलहरुले नै फूलमाला स्वागत गर्ने प्रवृतिका कारण भ्रष्टाचारीको मनोबल बढेको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले काठेखाेला गाउँपालिका वडा नं. ३  धम्जामा आयोजित वडा स्तरीय प्रशिक्षण भेलालाई सम्वोधन गर्दै अभियानमा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले उक्त कुरा बताउनुभएको हो । ढुंगानाले सरकार भ्रष्टाचारकाे नियन्त्रण गर्न असफल रहेको आरोप लगाउनुभयो ।

संघीयताका कारण मुलुक असफल राष्ट्र बन्दै गएकाे उहाँको कथन थियो । संशोधनकाे प्रसंगमा बाेल्दै ढुङगानाले कुनै एक व्यक्तिलाई सत्तामा लैजानका लागि संविधान संशोधन गर्न सक्ने सरकारले राष्ट्रघाती सन्धी सम्झौतालाई संशोधन गर्ने हिम्मत किन गर्न सकेन ? सरकार बिदेशी शक्ति केन्द्रकाे ईसारामा चलेकाे ठाेकवा गर्दै राष्ट्रियता र जनजिविकाकाे पक्षमा राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेकाे अभियानलाई सफल पार्न अनुराेध गर्नु भयाे । कार्यक्रममा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा काठेखाेला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्री, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखाेला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन लगायतले मन्तव्य राख्नु भएकाे थियाे।

कार्यक्रममा धम्जा ५ का पुर्व वडा अध्यक्ष उजिर बहादुर छन्त्याल, वडा समितिका सदस्य लाल बहादुर थापा, वडा समिति उपाध्यक्ष कर्ण बहादुर खत्री लगायतका अातित्थ्यता रहेकाे थियाे । कार्यक्रम राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँ समितिका उपाध्यक्ष तथा काठेखाेला वडा नं ३ का सदस्य पुर्ण बहादुर थापाकाे अध्यक्षता, अखिल छैठौं बागलुङका सदस्य निर्मल कुमार बि.क.काे सञ्चालन र वडा समितिका सदस्य याम बहादुर थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । वडामा ३ टाेली बनाएर सदस्यता बितरण गरेकाे छ ।

टाेली नं. १ ले बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अमृत के.सी., जातीय समता समाजका अम्मर बहादुर नेपाली लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।

टाेली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेकाे छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि.थापा, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिल बहादुर दर्जी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमाेर्चा जैमिनीका सदस्य हाेम बहादुर पुन, लगायतका टाेलीले अभियान अगाडि बढाएकाे छ ।

टाेली नं. ५ ले गलकाेट नगरपालिका वडा नं ५ काे हरिचाैरमा प्रशिक्षण भेला पर्चा तथा सदस्यता बितरण गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक के.सी., जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, वडा समितिका सल्लाहकार दिल बहादुर बस्नेत लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीकाे अध्यक्षता, वडा सचिव तम बहादुर कार्कीकाे सञ्चालन र अखिल नेपाल शिक्षक संघका सुनमाया ढकालकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । वडा नं.५मा ५ टाेली बनाएर सदस्यता बितरण अभियान सञ्चालन गरेकाे छ ।

टाेली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १० काे निगलपानीमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेकाे छ। कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तथा बडिगाड वडा नं १ का अध्यक्ष बाेम बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय काेषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमाेर्चा बडिगाडका सदस्य मेयर सिं छन्त्याल, राष्ट्रिय जनमाेर्चा बडिगाड १०का सदस्य धन बहादुर पुन, राष्ट्रिय जनमाेर्चा बडिगाड १०का सदस्य दुजमान थापा लगायतले मन्तव्य राख्नु भएकाे थियो । वडा समितिका अध्यक्ष रेशु थापाकाे अध्यक्षता, अखिल नेपाल महिला संघ बागलुङका सदस्य काेपिला थापाकाे सञ्चालन र राष्ट्रिय जनमाेर्चा बडिगाडका सचिव ईश्वरमान बि.क.काे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियो ।

साथै टाेली नं. ८ ले ढाेरपाटन नगरपालिका वडा नं. ३ काे घाेसामा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार गाैरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम वडा समितिका अध्यक्ष हिरा बहादुर खत्रीकाे अध्यक्षता, जातिय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनारकाे सञ्चालन र राष्ट्रिय जनमाेर्चा वडा समितिका सदस्य खिम बहादुर सुनारकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

टाेली नं. ९ ले निसीखाेला गाउँपालिका वडा नं. २ खाडुमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा निसीखाेला गाउँ समितिका सल्लाहकार प्रगती बुढा, उपाध्यक्ष थमन घर्ती, पालिका सचिव मिलन हमाल लगायतले मन्तव्य राख्नु भएकाे थियाे । वडामा ३ टाेलीले सदस्यता बितरण गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here