पोखरा । पोखरामा क्रियाशिल वामपन्थी विचार बोकेका युवा एवं वुद्विजिवीहरुको फागुन ४ गते पोखरामा बसेको भेलाले रातो लालटिन बैचारिक मन्च नामक संस्था गठन गरेको छ ।
भेलाले सागर कुँवरको सयोजकत्वमा अर्जुन शर्मा, विनोद विष्ट, सुजन थापा, कृष्ण चोखाल, चन्द्र बहादुर के सि, आरती बराल, सृजना नेपाली र महेश गुरुङ रहेको ९ सदस्यीय रातो लालटिन वैचारिक मञ्च गठन गरेको हो ।
भेलाले नेपालको वामपन्थी आन्दोलन, जनजीवन, रास्ट्रीयता लगायतका विषयमा बहस छलफल गर्न, आन्दोलनलाई अगाडि बढाउन, प्रगतिशील सास्कृतिक आन्दोलनलाई उचाईमा उठाउन, भ्रस्टाचार कालोबजारीका विरुद्धमा आन्दोलन सङ्गठित गर्न, रास्ट्रीय स्वाधीनताको रक्षाको लागि आन्दोलन सङ्गठित गर्ने उद्देश्य लिएर रातो लालटिन वैचारिक मञ्च गठन गरेको जनाइएको छ ।
रातो लालटिन वैचारिक मञ्चले फागुन महिना भित्र पोखरामा बृहत जनवादी सास्कृतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको मञ्चका सयोजक कुँवरले जानकारी दिनुभएको छ ।