दशवटा टोली निर्माण गर्दै राजमो बागलुङकाे २ दिने प्रशिक्षण भेला सम्पन्न ।

0
169

बागलुङ  । राष्ट्रिय जनमोर्चा बागलुङको २ दिने जिल्ला प्रशिक्षण भेला  सम्पन्न भएकाे छ । भेलाले जिल्लाका सवै वडाहरुमा पुग्ने गरी  दशवटा टोली निर्माण गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेलाको समापन समारोहमा राष्ट्रिय जनमोर्चाका पुर्व सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंङ्गाना, अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमाेर्चाका जिल्ला सल्लाहकार टिकाराम शर्मा, अखिल नेपाल महिला संघ बागलुङ सल्लाहकार फुल कुमारी शर्मा, व्यवस्थापनकाे तर्फ बाट प्रेम थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

भेलामा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य गौरीस्वर पाण्डे, प्रशिक्षक दुर्गानाथ खरेल, अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष भिमसेन वन, जिल्ला सल्लाहकार बेदिलाल सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

भेलाको उद्घाटन समाराेह पश्चात् सुरु भएकाे प्रशिक्षण कार्यक्रममा ने.क.पा. मसालका महामन्त्री का. माेहन बिक्रम सिह, राष्ट्रिय जनमोर्चा केन्द्रिय अध्यक्ष चित्र बहादुर के.सी., केन्द्रीय प्रशिक्षक दुर्गा खरेल लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएकाे थियाे ।

नरबहादुर पुन, टंक के.सी., कृष्णा पुन, गाेबिन्द पाैडेल र नर बहादुर सुनार रहेकाे ५ सदस्यीय अध्यक्ष मण्डल बाट सुरु भएकाे भेलाकाे बन्द सत्रमा पालिका स्तरीय रिपोर्टिङ भएकाे थियाे । जिल्ला सचिव भिमलाल पाेखरेलले प्रस्तुत गर्नु भएकाे सांगठनिक तथा अभियानकाे कार्यतालिका छलफलबाट पारित गरेकाे छ । कार्यक्रममा अध्यक्ष अमर थापाले कार्यक्रम र अभियानकाे उदेश्य बारे प्रष्ट पार्नु भएकाे थियाे । भेलाले फागुन महिनामा जिल्ला भरी अभियानमा परिचालन हुने १० वटा टाेलीहरुमा सहभागी हुने सहभागीहरुकाे समेत निर्णय गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here