हरिकृष्ण न्यौंपानेमाथि भएको घटनाप्रति निन्दा

0
275

कुवेत नेपाली एकता समाजद्वारा दोषीलाई कडाभन्दा कडा कारवाहीको माग

कुवेत । पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने माथि भएको कुटपिट कुवेत नेपाली एकता समाजले निन्दा प्रकट गरेको छ । समाजका महासचिव खुम रायमाझीले एक विज्ञप्ती प्रकाशित गरि घटनाप्रति निन्दा प्रकट गर्दै दोषीहरुमाथि कारवाहीको माग गरेका छन् ।

न्यौंपानेले विगत लामो समयदेखि मानवतस्कर विरुद्ध आवाज उठाउदै कुवेत र नेपाल सरकारविच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु नहुने मान्यता राख्दै आएका छन् ।

१८ फरवरी २०१८ का दिन सांझ केही विषयमा छलफल गर्नुपर्ने भन्दै एकान्त कोठामा बोलाएर कुवेतका मेनपावर व्यावसायी तथा एनआरएन अध्यक्ष अर्जुन तामाङले आफ्ना केही समर्थकहरुको उपस्थितीमा न्यौपानेमाथी कुटपिट गरेको समेत विज्ञप्तीमा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here