कविताः भ्रमजाल

0
222

भित्री मन कुँडाएर
देखावटी हाँसो पस्किनेहरु
सेतो बस्त्रभित्र कर्तुत लुकार्इ
सत्कर्मको भ्रमजाल फिज्नेहरु ।

प्रेमको नौटंकी गरी
बलात्कारी मनसुवा पूरा गर्नेहरु
भ्रष्टाचारको सिरानी हाली
सदाचारको बात फलाक्नेहरु ।

सज्जनलाई बलिबेदिमा होमाई
कायरतापूर्ण जीवन जीउनेहरु
रगतको आहालमा रमाई
उनै दुःखीमाथि शासन गर्ने शासकहरु ।

वर्गदुश्मन सखापको जलप देखाई
सुकिलामुकिलाहरु सितै प्रित लगाउनेहरु
बेइमानी, जालझेल, षडयन्त्र कै यात्राबाट
जनताका सपना साकार पार्ने नौटंकी रच्नेहरु ।

टिक्ने छैन तिम्रो भ्रमजाल
बाँच्ने छैनौ सधैं
जनताको हूंकारले
तोड्ने नै छ तिम्रो भ्रमजाल सबै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here