एमाले र माओवादी एकिकरण [हस्ताक्षरित सम्झौता पत्र सहित]

0
397

काठमाडौं । अन्नत नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित एकता प्रक्रियामा आज समझदारी जुटेको दुबै पार्टीहरुले शिर्ष नेतृत्वहरुले बताए ।

यो बीचमा पार्टीको वैचारिक कार्यादिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा धेरैपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल भएको थियो । हिंजो बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकल सात बुँदे समझदारी गरेको छ । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रका वीचमा एकीकरणका प्रारम्भिक आधारहरु तल उल्लेख गरिएको छ ।

  • १, एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
  • २, पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
  • ३, ने.क.पा. एमालेले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. माओवादी केन्द्रले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
  • ४, नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
  • ५, उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
  • ६, महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
  • ७, आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here