तारापुर, भारत/ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिती अन्तर्गत पर्ने तारापुर को औद्योगिक क्षेत्र एम.आई.डी.सी.कलौडेमा मूलप्रवाहको समिति गठन भएको छ ।
मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुवर र एरिया समिती तारापुर महिला बिभाग अध्यक्ष सुनिता पुन र नगर समितिका अध्यक्ष खडक राइको विशेष उपस्थितमा नौ सदस्यीय समिति गठन भएको छ। समितीको अध्यक्षमा रन बहादुर सिंजापती, सचिबमा राज गुरुङ कोषाध्यक्षमा मन बहादुर सिंजाली र सदस्यहरुमा क्रमश: डम्बर सिंजाली, डिल बहादुर घर्ती, टिंककला माया सारु, मन बहादुर संजाली, डिल बहादुर राना, रेम बहादुर सिंजापती चयन भएका छन् ।