रुपन्देहीमा युवाहरुद्वारा ‘हाम्रो अभियान’ गठन: भेलाद्धारा ११ बुँदे कार्ययोजना पारित

0
220

दिपक पौडेल, बुटवल/ रुपन्देहीमा क्रियाशिल युवाहरूको सनिबार बुटवलमा सम्पन्न एक भेलाले ‘हाम्रो अभियान’ नामक सामाजिक संस्था गठन गरेको छ । भेलाले अर्जुन शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिबलाल खनाल, सचिवमा हरिलाल बस्याल, सहसचिवमा राजन पौडेल, र कोषाध्यक्षमा पुष्पा शर्मालाई चयन गरेको छ । यसैगरी समितिको सदस्यहरुमा क्रमश: ज्योति फौजा, सुमन भन्डारी, बाबू भुसाल, भेषराज ढुङ्गाना, सुमन खत्री, डिलाराम रेग्मी रहेका छन् भने  दुई स्थान रिक्त रहेको समितिका सचिव हरिलाल बस्यालले जानकारी दिनुभयो । अभियानको सल्लाहकारमा बाबुराम आचार्य, बिनोद खनाल, गोबिन्द खनाल, कमला पोख्रेल, महेश चालिसे, कृष्ण पोखरेल, र दिपक पौडेललाई चयन गरेको छ ।

अभियानले विभिन्न बिभाग समेत गठन गरेको छ , जसमा क्रमशः खेलकुद – संयोजक – हरिलाल बस्याल सदस्यमा समीर बिक र मेखबहादुर क्षेत्री । स्वास्थ्य तथा सरसफाई: संयोजक – पुष्पा सर्मा, सदस्यमा कृष्ण केसी र कमला पोख्रेल । कृषि – संयोजक – राजन पौडेल, सदस्यमा भेषराज ढुङ्गाना र एक स्थान रिक्त । साहित्य – संयोजक – सुमन भन्डारी, सदस्यमा ज्योती फौजा र संकर काफिर । पर्यटन – संयोजक – डिलाराम रेग्मी , सदस्यमा कमल चालिसे र रुद्र आचार्य । प्रचारप्रसार – संयोजक – टेकराज भुसाल, सदस्यमा सृष्टि बस्याल र राजु आचार्य रहेका छन् ।

भेलाद्वारा ११ बुँदे कार्ययोजना पारित

भेलाले ‘हाम्रो अभियान’ दर्तागरी कार्यक्रम आगाडी बढाउने निर्णय गर्दै  संस्थाले संचालन गर्ने ११ बुुँदे कार्यक्रम समेत पारित गरेको छ ।

समाज बिकासका विभिन्न क्षेत्रहरुमा भुमिका निर्वाह गर्न सामाजिक संस्थाको आवश्यकता महसुस गरि, त्यसको स्थापना गर्न रुपन्देहीका विभिन्न स्थानमा बिभिन्नन प्रकारले कृयाशिल युवाहरु आज यहाँ उपस्थित भएका छौं। छरिएर रहेको युवा उर्जालाइ एकीकृत गरेर प्रगतिशील सभ्य समाज निर्माणमा सहयोग पुर्याउने लक्षकासाथ यो संस्था गठन हुनेछ। मानिसमा अथाह शक्ति हुन्छ, एउटै मानिसले समेत धेरै कुरा गर्न सक्दछ । मानिसहरुले आफुभित्र रहेको अथाह शक्तिलाई चिन्न सक्दैनन् र निराशा, कुन्ठाको शरणार्थी बन्छन् , यसले समाजलाई नकारात्मक असर पारिरहेको हुन्छ। यो संस्थाको माध्यमबाट ब्यक्तिमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गरि समाजको सकारात्मक बिकासमा लगाउने छौं । गठित संस्थाले बिशेष गरेर रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाउने छ , अधिकारले दिएमा छिमेकी जिल्लालाई पनि कार्यक्षेत्र बानाउन सकिने छ।
संस्थाले गर्ने कार्यहरु –
१- समाजमा रहेका विकृतिको बिरुद्ध विभिन्न प्रकारका अभियान संचालन गर्ने ।
२- नेपालको बिकासमा भ्रष्टाचार समस्याको रुपमा खडाभएको छ । भ्रष्टाचार बिरुद्ध कार्यक्रम संचालन गर्ने ।
३- महिला हिंसा , चेलीबेटी बेचबिखन बिरुद्ध अभियान संचालन गर्ने ।
४- मानवको स्वास्थ्यले समाजलाई प्रत्यक्ष असर पर्नेहुँदा लागू पदार्थ तथा दुर्वेसनी बिरुद्ध सचेतना अभियान संचालन गर्ने।
५- स्वास्थ्य शिबिर तथा सरसफाइ अभियान संचालन गर्ने ।
६- युवा बिद्यार्थीमा क्षमता अभिवृद्धि गर्न अतिरिक्त क्रियाकलाप गर्ने।
७- पत्रकारिता तालिम, उद्घोषण तालिम संचालन गर्ने।
८- खेलकुद कार्यक्रम आयोजना गर्ने।
९- ग्रामीण क्षेत्रमा पर्यटन बिकास गर्न , पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने ।
१०- साहित्यीक कार्यक्रम आयोजना गर्ने ।
१०- साँस्कृतिक कार्यक्रम आयोजना गर्ने।
११-कृषि सम्बन्धि तालिम संचालन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here