राजन पौडेल, रुपन्देही ।
यही माघ १५ गते देखि सिमसारको संरक्षण उधमशिलता र पर्यटनको प्रबद्धन भन्ने अभियान सहित शुरु हुने भनिएको ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सव–२०७६ यही माघ २४ गते देखि संचालन हुनेगरी समय तालिका सरेको छ ।
मौसम प्रतिकुलका कारण बिभिन्न स्थानहरुमा लागिरहेका मेला महोत्सवहरुको समय लम्बिदै गएको र मेला महोत्सवमा ब्यापार ब्यबसाय संचालन गर्ने स्टल ब्यबसायीहरु आउन नसक्ने साथै स्टल ब्यबस्थापन गर्न समय अभाव भएका कारण महोत्सवको समय परिबर्तन भएको आयोजक श्री समयमाई समूहका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिनु भएको छ
देशभर बिभिन्न स्थानहरुमा मेला महोत्सव संचालन भैरहेको र ती मेला महोत्सवहरु मैसम प्रतिकुल भइ निरन्तर पानी परिरहेकोले ती महोत्सवहरुको समय लम्बिदै जादा महोत्सवहरुमा ब्यबसाय संचालन गर्ने स्टल ब्यबसायीहरुले स्टल दर्ता गरेको भएपनि आउन नसक्ने जानकारी आएको बताउदै महोत्सवका लागि तयार गर्नु पर्ने महोत्सव स्थलको ब्यबस्थापन गर्न पनि मौसम प्रतिकुलताका कारण समस्या परेका कारण महोत्सवको समय परिबर्तन गर्नु परेको अध्यक्ष थापाको भनाई छ समयअध्यक्ष थापाले संचारकर्मीहरुलाई जानकारी दिदै भन्नु भयो ।
हाम्रो उद्देश्य बिश्व सिमसार दिवसको अवसर पारेर महोत्सव संचालन गर्न खाजिएको र महोत्सवकै समयमा पर्यापर्यटन र सिमसार क्षेत्रको संरक्षण र प्रबद्र्धनमा कार्य गर्दै आएका पर्यटन ब्यबसायी,पत्रकार,बिशेषज्ञ तथा बिधार्थीहरुसंग सिमसार क्षेत्रको संरक्षण र पर्बद्धनका बारेमा अन्तरकृया र छलफल कार्यक्रमको समेत आयोजना गरिएको तर मौसमको प्रतिकुलका कारण महोत्सवको समय परिबर्तन भएपनि निर्धारित कार्यक्रम बिश्व सिमसार दिवसको अवसरमा बिशेष कार्यक्रम गरी मनाइने बताउनु भएको छ ।
१५ गते महोत्सव शुरु गर्नको लागि कञ्चन गाउपालिका र छिमेकी गैडहवा गाउपालिका र सैनामैना नगरपालिकाका टोल बिकास,आमा समूह,क्लव तथा उधोगी ब्यबसायीहरुबाट सांस्कृतिक झांकी तथा र्यालीको सहितको सहभागिता जनाउनको लागि उत्साह जनक तयारी भएको प्रत्येक वडा वडाबाट जानकारी आएको थियो तर महोत्सवको तयारी गर्न मौसमले साथ नदिएकोले महोत्सवको समय सारिएको अध्यक्ष थापाले बताउनु भएको छ । महोत्सवको समय परिबर्तन हुँदा स्थानियहरुमा शुरुवाती उत्साह नआउलानी भन्ने स्थानिय संचार गृहका संचारकर्मीको प्रश्नमा अध्यक्ष थापाले भन्नुभयो समय परिबर्तनले शुरुको उत्साहमा निरास आउन नदिनको लागि प्रचार प्रसारलाई अझ ब्यापक बनाई आसन्न ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सवलाइ भब्य र सभ्य रुपमा सभ्य रुपमा सम्पन्न गर्नको लागि सबै पुन एक ढिक्का भएर लाग्न कञ्चनवासीलाई आग्रह गर्नु भएको ।
११ औं संस्करणको रुपमा संचालन हुने कञ्चन गजेडी दानापुरताल महोत्सवमा बाघचाल प्रतियोगिता बुद्धिचाल प्रतियोगिता,टिपिकल लोक नृत्य,गायन प्रतियोगिता,ब्याडमिण्टन प्रतियोगिता,गाउपालिका स्तरिय भलिबल प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरु सांगेतिक प्रस्तुति हुने छ भने महोत्सव अवलोकनका लागि आएका दर्शकहरुबाट लिइने प्रबेश शुल्कबाट ५ रुपैया आबिस्कार केन्द्र,सामाजिक सुरक्षा,बन्यजन्तु संरक्षण कोष,स्थानिय संघस्था, र पर्यटन बोर्डका लागि कोष छुट्टाइने आयोजकले बताएको छ ।क
ञ्चन तराईको समथर ठाउ भएपनि दानापुरताल रहेको स्थान गजेडी तराइका अन्य ठाउहरु भन्दा फरक बिशेष्ता भएको र सिमसारको सम्भाब्यता भएकोले पनि गजेडी दानापुरताल सिमसारयुक्त छ र रुपन्देही जिल्लाको लागि महत्वपुर्ण पर्यटकिय स्थलको रुपमा बिकास भएकोले पनि गजेडी दानापुरतालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई बृद्धि गर्नको लागि हरेक बर्ष महोत्सव संचालन गर्न लागिएको अध्यक्ष मिन बहादुर थापाले बताउनु भएको छ।