खबरदार ! देश दोबाटोमा छोड्नेहरू

0
85
लक्ष्मणदेव पाण्डे

खबरदार देश दोबाटोमा छाड्नेहरू
कथित पन्द्र सालको क्रान्ति गर्नेहरू
कथित अठ्ठाइस सालको विद्रोह गर्नेहरु
कथित बाउन्न सालको क्रान्ति गर्नेहरू

आज म तीन थरीकोअनुहार नियोलिरहेको छु
म तिनैथरीको कुरूप अनुहार एउटै देखिरहेको छु
हो तिम्रा कथित क्रान्तिका समय फरक थिए
तिमा जनता झुक्याउने झुटा नारा फरक थिए
फरक समयमा देश चलाउने ठेकेदार तिमी
आफ्ना कार्यकर्ता र निर्दोष जनता मराउने तिमी
सत्तामा टिकिरहन देशको दुक्रा गराउने तिमी
अरबों भ्रष्टाचार गरी डुङ्डुङ्ती गन्हाउने तिमी
जनतालाई सपना बाँड्दै आन्दोलनमा होम्ने तिमी
जनतालाई दोबाटोमा छाड्दै दरबार घुस्ने तिमी
निर्दोष युवाहरूलाई सहिद बनाउने तिमी
सहिदको आलो रगत कुल्चिदै सत्तामा पुगे तिमी
नेपाल आमाको अंगमा साम्राज्यवादले नंग्रा गाड्दा
तिमी कुपुत्रहरू टाढा बसी अट्टहास हाँसो हाँस्दा
अझै पनि नेपाली हुँ र क्रान्ति गरेको हुँ भनी डकार्दा
तिमी ज्युदै छौ र रु महान् सहिदको रगतले दुत्कार्दा
देश च्यातिएको छ, साम्राज्यवादबाट सीमा मिचिएको छ
भ्रष्ट र तिम्रा शरीरहरू सडकभरि निर्वस्त्र पारिएको छ
तिमीबाट देशलाई धोका दिंदै दोबाटोमा छाडिएको छ
तर तिमीहरूका विरुद्ध खबरदारी आवाज घन्किएको छ
स्वाभिमानीको तर्फबाट होशियार आवाज घन्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here