काठमाडौं/ अखिल नेपाल महिला संघ, काठमाडौंको अध्यक्षतामा ऋतु केसी निर्वाचित हुनुभएको छ । ‘महिलाको समान अधिकार र राष्ट्रियताको रक्षाको लागि हाम्रो आन्दोलन, महिला हिंसा विरुद्ध दोस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो जिल्ला सम्मेलनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
सम्मेलनले समितिको उपाध्यक्षमा मालता बेलबासे, सचिवमा सावित्रा रेग्मी र कोषाध्यक्षमा कृष्णा पोखरेललाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरू क्रमशः अनिता शाही, सुशीला बन्जाडे, माया खनाल, जमुना पौडेल, कल्पना पौडेल (जिज्ञासु), दिपा भट्टराई, रमा शर्मा, मञ्जु आचार्य र हिरा रोकालाई चयन गरेको छ । साथै सल्लाहकारमा लक्ष्मी केसी र कमला पौडेल चयन हुनुभएको छ भने एक स्थान रिक्त रहेको छ ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुनले गर्नुभएको थियो । सम्मेलनलाई राजमो नेता आनन्द शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव लक्ष्मणदेव पाण्डे, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी, अखिल नेपाल महिला संघ ३ नं. प्रदेशका सदस्य सावित्रा रेग्मी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, अखिल नेपाल किसान महासंघ काठमाडौँका अध्यक्ष केबी घले, प्रगतिशील पत्रकार संघ काठमाडौँका संयोजक प्रकाश थापा मगर, अखिल नेपाल युवक सङ्घका सचिव भक्त विक, प्रगतिशील लेखक संघका महासचिव समीर सिंह, राष्ट्रिय जनमोर्चा काठमाडौँका सचिव छवि खनाल र अखिल (छैठौं) काठमाडौँका अध्यक्ष प्रतिभा शर्माले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता कमला पौडेल र सञ्चालन लक्ष्मी केसीले गर्नु भएको थियो भने ऋतु केसीले स्वागत गर्नुभएको थियो ।