सहिद टोपबहादुर कार्कीको १७औं स्मृतिसभा

0
214
बर्दिया/ बर्दियाको बाँसगढीमा सहिद टोपबहादुर कार्कीको १७ औं स्मृति सभा सम्पन्न भएको छ । सहिद टोपबहादुर कार्कीले २०५९ पौष ३० गते सहादत प्राप्त गर्नु भएको थियो ।
तत्कालीन तानाशाही सरकारको युनिफाइड कमान्डको एक जमातले उहाँ र उहाँका पिता भोजबहादुर कार्कीलाई मध्यरातमा बर्दियाको राजापुर मानपुर टपरास्थित उहाँको घरबाट अपहरण शैलीमा लतार्दै निकालेर नजिकैको तोरीवारीमा पुर्‍याएर गोली हानेर मारेको थियो । सहादत प्राप्त गर्ने बेला टोपबहादुर कार्की तत्कालीन जनमोर्चा नेपाल बर्दियाको सदस्य, अखिल नेपाल जनवादी युवा संघ बर्दियाका सचिव र भेरीकर्णाली क्षत्रीय समितिका सदस्यमा रहेर पार्टीको जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।राष्ट्रिय जनमोर्चाले उहाँलाई सहिद घोषणा गरेको छ ।

सभामा प्रमुख अतिथिको रूपमा सहिद पत्नी पार्वती कार्कीले मन्तव्य राख्नु भएको थियो । उहाँले सहिदको विचार भनेको सबैलाई समानता हुने व्यवस्था स्थापना गर्ने थियो त्यो अहिले पुरा भएको छैन र त्यस प्रकारको विभेदमुक्त समाज अहिलेको व्यवस्थाले बनाउन नसक्ने धारणा राख्दै त्यो पुरा नहुदासम्म उहाँले देखाएको बाटोमा निरन्तर लागिरहने बताउनु भयो ।

सभामा सुकुम्बासी संघका अध्यक्ष तुलसी राम सापकोटा, अखिल नेपाल जनजाति सम्मेलन महासचिव रामबहादुर बुढा, अखिल नेपाल युवक संघ महासचिव कृष्णराज पाण्डे, रक्तिम सांस्कृतिक अभियान उपाध्यक्ष मानबहादुर भण्डारीले समेत मन्तव्य राख्नु भएको थियो । पुर्व सांसद हरि आचार्य र राष्ट्रिय जनमोर्चा बाँके अध्यक्ष भिमप्रसाद देवकोटाको समेत आतिथ्यता रहेको स्मृतिसभामा रक्तिम सांस्कृतिक अभियान उपाध्यक्ष मानबहादुर भण्डारी र रक्तिम बाँके पुर्व संयोजक सरद लामिछानेले श्रद्धाञ्जली गीत प्रस्तुत गर्नुभएको थियो ।

एक मिनेट मौनधारण सहित सहिद कार्कीको फोटोमा माल्यार्पण गरिएको उक्त स्मृति सभाको अध्यक्षता राजमो बर्दिया उपाध्यक्ष निर्मला अर्याल र संचालन राजमो बर्दिया जिल्ला सदस्य लोकबहादुर रानाले गर्नुभएको कुरा सभामा सहभागी राष्ट्रिय जनमोर्चा बाँके पुर्व अध्यक्ष गौरीलाल कार्कीले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here