तारापुरमा मुलप्रवाहको सांगठनिक अभियान जारी

0
130

तारापुर, भारत/ मुल प्रवाह नेपाली एकता समाजको सांगठनिक अभियानका क्रममा तारापुर नगर समिती अन्तर्गत माहादेब नगरमा १३ सदस्यीय एरिया समिति गठन भएको छ ।

समितीको अध्यक्षमा बिसाल सुनार, सचिबमा मनोज सुनार, कोषाध्यक्षमा धन बहादुर सुनार र सदस्यहरुमा क्रमश: बिकास सुनार, सुनिल खत्री , गणेश सुनार, देबि सुनार, उमेरा गुरुङ , बुद्ध गुरुङ, सिमा गुरुङ , राम बहादुर सुनार , करन सुनार रहेका छन् ।

मुलप्रवाह मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष टंक कुँवर, रक्तिम भारत केन्द्रिय उपाध्यक्ष बोम सिंजापती, मध्यपश्चिम क्षेत्रीय सहसचिब ज्ञान प्रसाद भट्टराई , तारापुर नगर उपाध्यक्ष लोकमणि पान्डेको उपस्थितमा एरिया समिती गठन गरिको थियो ।

समिति गठनको क्रममा प्रवासी नेपालीहरूको अवस्था, मूलप्रवाहको भुमिका, देशको समसामयिक विषयमा प्रशिक्षण समेत गरिएको टंक कुँवरले जानकारी दिनुभयो ।

बिद्यार्थी संगठनको भेला संम्पन्न

तारापुर/अखिल भारत नेपाली बिद्यार्थी संघको तरापुर नगर भेला सम्पन्न भएको छ ।

भेलाले हरिओम पान्डेको अध्यक्षमा १५ सदस्यीय समिति चयन गरेको छ । समितीको सचिबमा करिस्मा पुन काेषाध्यक्षमा मान्सी कुँवर र सदस्यहरुमा क्रमश: पारस थापा,धनेस थापा,मनिशा बडु,दिपिका बर्मा,मनिशा परियार,भुमिका गुरुङ,करिना पुन ,भुवन थापा,प्रताब थापा,बादल कुँबर चयन भएका छन् ।
भेलामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम भारत क्षेत्रीय समिती उपाध्यक्ष टंक कुँवर, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रिय सदस्य उषा तरामी ,रक्तिम भारतका केन्द्रीय उपाध्यक्ष बोम सिंजापती ,मुल प्रवाह तारापुर नगर अध्यक्ष खड्क बहादुर राईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

भेलाको अध्याक्षता हरिओम पान्डे, संचालन ज्ञान प्रसाद भट्टराईले र स्वागत करिस्मा पुनले गर्नुभएको थियो । कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

कोट्टयाममा प्रशिक्षण सम्पन्न

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर र अखिल भारत नेपाली बिद्यार्थी संघ कोट्टयाम नगर समितिको संयुक्त आयोजनामा कोट्टयाममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मूलप्रवाह कोट्टयाम नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षेतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कुल बहादुर थापाले प्रशिक्षण देशको समसामयिक राजनीतिक विषय र प्रवासी नेपालीहरूको मताधिकारको अधिकारको विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here