काठमाडौं । अमेरिकी साम्राज्यवादले इरानमाथि गरिरहेको बर्बर र क्रुरतापूर्ण हस्तक्षेपले तेस्रो विश्वयुद्धको संत्रास छाउन थालेको छ । आफुलाई संसारको सर्वे सर्वानाइके सम्झँदै अमेरिकी साम्राज्यवादले अन्य देशको सार्वभौम सत्तामाथि नाङ्गो हस्तक्षेप गदै आएको छ । कुनै पनि देशको सार्वभौमिकता हरण गर्न पहिले आफैले “आतंककारी समुह” तयार गरी परिचालान गर्ने र सत्तासीन बनाउने, जब आफ्नो स्वार्थ अनुरुप ती परिचालन हुन छोड्छन तब तिनलाई नै सफाया गर्ने, यो अमेरिकी सामाज्यवादको आम चरित्र नै बनेको छ । सद्दाम हुसेन, ओसामा विन लादेन लगायतलाई अमेरिकाले गरेको हत्याबाट त्यही कुरा प्रष्ट हुन्छ ।
पछिल्लो समयमा इरानी कुड्स फ्रोर्सका प्रमुख मेजर जनरल कसिम सुलेमानीलाई इराकको बग्दादमा ड्रोल आक्रमण गरी हत्या गरेपछि अमेरिकी सामाज्यवादको क्रुरताले पराकाष्ट नै नाघेको विश्लेषण गर्न थालिएको छ । इरानी सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप गर्दै अमेरिकाले मेजर जनरल सुलेमानीको विभत्स हत्या गरेपछि यतिबेला इरान र अमेरिकाका बीचमा कटुता बढेर चरमचुलीमा पुगेको छ । इरानले सुलेमानीको हत्याको चाँडै नै बदला लिने बताएको छ भने अमेरिकाले बदला लिने कोशिस गरे इरानमाथि डरलाग्दो आक्रमण गर्ने धम्की दिएको छ । आणविक शक्ति सम्पन्न यी दुवै शक्ति राष्ट्रहरुका बीचमा युद्ध भएमा त्यसबाट ती दुई राष्ट्र मात्र होइन सारा विश्व जगतनै प्रभावित बन्न पुग्ने निश्चित छ ।