-नारायण सुवेदी
छापचौर/ गुल्मी जिल्लाको सदमुकाम तम्घासदेखि निकै टाढा रहेको साविक भूर्तुङ गाविस हाल कालीगण्डकी गाउँपालिका ले परिचित छ। जिल्लाकै विकट उक्त गाउँपालिकामा विगत केही वर्षदेखि जनतन गाडी गुडन थालेका छन् । जसले यातायातको क्षेत्रमा आवतजावतलाई केही सहज बनाएको छ । तरपनि गाउँमै सुविधा सम्पन्न अस्पताल नहुँदा गाउँबाट हुने आपतकालीन विरामीलाई कि त बाग्लुङ कि पाल्पा बुटवल पुर्याउनुपर्ने बाध्यता रहेको छ ।
त्यही अवस्थालाई मध्यनजर गरी “स्वर्गीय पण्डित बेणी माधव पौडयाल प्रतिष्ठान” द्वारा हालै कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङ लाई एउटा एम्बुलेन्स प्रदान गर्नुभएको छ । उक्त कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने उहाँका छोराहरू गोकर्ण पौडयाल, बाबुराम पौडयाल,र कृष्ण पौड्याल लगायत त्यहाँ सम्म लैजानको निम्ति सहयोग गर्ने सबैजना धन्यवादको पात्र हुनुभएको छ ।
गाउँका सबै दुःखी,गरीब , असक्त, सुत्केरी सम्पूर्ण लाई लक्षित गरी गाउँबाट सेवा पुर्याउने उद्देश्यले उक्त एम्बुलेन्स भूर्तङ्गमा पुग्दा सबैमा खुशी छाएको छ। आजभन्दा करिब चार पाँच वर्ष पहिले पनि एम्बुलेन्स ल्याउने कुराहरू नउठेका होइनन् राजनीति लाई सेवा मुखी नभई पेसामुखि बनाउन पल्केका दलाल ,घुसखोरी नेताहरुको चपेटामा परेका जनता सफल हुन सकेनन् ।
तर धेरै समय पछि अब सेवा पाउने अपेक्षामा रहेका जनता कतै त्यहाँको राजनीतिक खिचातानीले निराश हुने हुन कि भन्ने चिन्ता कायमै छ । विभिन्न पार्टीका नाममा( विशेषत: काँग्रेस र नेकपाबाट) समाजमा सियो बनेर पस्ने र हात्ती बनेर निस्किने टाउकेहरुको कमी नभएको होईन त्यसैले दलाल र भष्ट नेताहरुले यो विशुद्ध समाज सेवाको भावले हस्तान्तरण गरिएको एम्बुलेन्स एकलौटी दुरूपोग र हाली मुहाली गर्ने पो हुन कि भन्ने आशंका उब्जिएका छन् । त्यसो हुन नदिन गाउँका जनता सचेत हुन जरुरी छ ।
जुन त्यहाँको राजनैतिक खैलाबैला र अस्थिरताको प्रमुख कारण ले गर्दा नै कालीगण्डकी गाउँपालिका वडा नं ७ मा विकाश, परिवर्तन र समृद्धि शून्य गतिमा दौडिएको कुरा सबैमा प्रष्ट हुन्छ।
त्यसो त प्रतिष्ठानका संस्थापक गोकर्ण पौड्यालले भन्नुहुन्छ- “परिस्थिति जस्तोसुकै होस सबै राजनैतिक नेताहरुले मनस्थिति बदल्नुपर्छ तर धैर्यता अटुट रहोस् अनि मात्र आफूलाई भूर्तुङ् बासिमा उभ्याउन सफल भइन्छ” भन्ने दरिलो उदहारण दिँदै यो एम्बुलेन्स भूर्तुङ्ग हेल्थपोष्टको मातहतमा रही सेवा पुर्याउने बताउनुभयो। उहाँले एम्बुलेन्सको अभावमा एकातिर डोको,स्तिचर बोकेर अस्पताल लैजानु पर्ने र अर्कोतिर निजी सवारी साधनलाई चर्को मूल्य तिरेर स्वास्थ्य चौकी सम्म पुर्याउनुर्ने बाध्यता आगामी दिनमा हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।
जसरी त्यहाँको जनतामा सेवा पाउने खुसीयाली उत्सव बीच आशाको दियो पलाएको छ त्यो निराशामा परिणत नभई सधैं विकाश ले तिब्र गतिको रुपमा कालीगण्डकी गाउँपालिकालाई परिचित गराओस । हार्दिक शुभकामना ।