नमस्कार भन्न चाहन्छु!!
यहाँ चाही देश प्रेमी धेरै रैछन हैन ? बास्तवमा मलाई रुन मन पनि लाग्छ, अरे यार हाम्रो देश बीक्री हुदैछ, अझै त्यो निद्रा बाट उठेको छैन? सबै सिंहहरु सुतेका छन् के ? मेरो देश बिक्री हुदैछ, अहिले लीपुलेक गायव भयो, पछि दार्चुला हराउछ र पछि सुदुरपश्चिम गर्दै गर्दै पुरै नेपाल नै गायव हुन्छ, नेपालको इतिहास कहा गयो? राणाले कब्जा गरे तर उनलाई हटायौ, माओवादी हरूले पनि हामी माथि आक्रमण गरे, तर उनलाई पनि शान्त बनायौ, अहिले भारत हाम्रो मित्र देश भर पनि हामीलाई नै दबाब दिन चाहन्छ, किन ? किनकी अहिले हामी सुतेका छौ । हामी भित्रको सिंह अहिले उठेको छैन । यदि हामी भित्रको त्यो सिंह उठ्यो भने भारतलाई त के दुनियालाई नै हराउन सक्छौं तर अहिले हामी सुतेका छौ । लीपुलेक हरायो, मलाई यो कुरा सुन्दा रुन मन लाग्यो, म पनि एउटा सानो देश प्रेमी हुं, हैनर? यदि! कुनै एउटा जंगलमा सिंह आयो भने, जंगलको राजा सिंहलाइ उठाउन खोज्छ भने त्यो सिंह अर्को सिंहलाइ मार्न नै खोज्छ, तर यहाँ नेपालमाथि आक्रमण हुदै रहेको या हामीहरुको ठाउँलाइ मिच्दै गरिरहेको भारत देशले हाम्रो सिंहलाई उठाउन खोजेको छ । हामीले उठ्दा नै उसलाई पन्जा हान्न पर्छ ।
बृटिसहरुले हामीलाई आक्रमण गर्दा नेपालीहरु उठेका थिए । अनि आक्रमण गर्दा चाहिँ दुई ठाउँमा विजयी भयौं र चार ठाउँमा हार्यौं । त्यतिबेला हाम्रो दुई चार ठाउँ बृटिस सेनाले कब्जा गर्यो तर जतिबेला दुई ठाउँ मध्ये एक ठाउँमा आक्रमण गर्दा अरींगालका गोलाहरुले उनीहरूलाई आक्रमण गरेछन अनि एउटा बृटिसले भनेछ “अरे यार नेपाली त व्यक्ति त व्यक्ति किरामा पनि देशभक्ति हुँदोरहेछ।”
मलाई लाग्छ वीर गोर्खाली हौं । आजकल मान्छेहरु कतै वीर गोर्खालीको ईज्जत गर्दैनन् ।वीर गोर्खाली विक्री भैसके । वीर गोर्खाली सुतिसके । मान्छेहरु भन्छन वीर गोर्खाली त गयो नेपालमा हामीहरू आक्रमण गर्दा विजयी हुन्छौं । तर होईन कसैले पनि हामीहरू माथि आक्रमण गर्न सक्दैन। र गोर्खालीहरुको नाक त काटियो काटियो तर कान पनि काटिए जस्तो छ । हामी माथी आक्रमण भएको अरु कसैलाई थाहा भएको छैन । किन? गोर्खाली सुतिरहेका छन् । देशका लागि हैन । हामीले उनी सबैलाई बचाउनुपर्छ, हाम्रो जमिन, ठाउँ सबै आफ्नो देशमा ल्याउनुपर्छ ।
अस्ति म स्कुलबाट जाँदा एउटा बच्चा रोईरहेको थियो । मैले उसलाई सोधें- के रोएको बाबु ? उसले भन्छ- आँ आँ गर्यो अझै रुन्छ है अनि मैले भन्छु के कालापानी चाहियो? नाइँ भनेर अझ जोडले कराउँछ, कि फ्रिडम नेपाल चाहियो? नाई भन्दै अझै जोडले कराउँछ । अनि त्यसो भए के चाहियो त भन्दा त भारत चाहियो भन्छ ? किनभन्छ उसमा पनि देशभक्ति होला नी ।
मलाई अस्ति लागिरहेको थियो म एक्लै गएर भारतका सैनिकहरूसंग लड्न चाहन्थे तर म एउटा सानो किम्लाले के गर्नु । हुनत भन्छन् किम्लाले पनि हात्तीलाई मार्न सक्छ । तर त्यतातिर म लाग्ने चाला गरेको छैन ।
मैले एउटा सानो गजल भनाएको छु त्यो गजल तपाईंहरुका मनमा राम्रो लाग्छ होला ।
जव आवाज उठाउँछ देशले तब लिपुलेक छुट्छ
जव आवाज उठाउँछ देशले तब कालापानी फुट्छ
रातो टिका निधारमा टलक्क टल्केको
मेरो देश नेपाल धर्तिमा ढल्केको
बिजुलीको तार तार तार
होसियार गर दार्चुला त जाला है
भारतको पार ।
भिडियो सौजन्य:लक्षीराम आचार्य
(राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिमले संचालन गरेको कालापानी मार्चको क्रममा दार्चुलाको सभालाई १२ वर्षीय नविन बडुको धाराप्रवाह भाषण)