कृष्ण बराल
मरीमरी काम गर्ने ज्यामि किसानलाई
पेटभरि खानु छैन साँझ र बिहानलाई
सितलमा बस्नु छैन बैशाखको गर्मिमा
न्यानो ठाउँमा बस्नु छैन पुषको सर्दिमा
ओतलागी बस्नु छैन बर्षातको भेलमा
बर्षभरि हलो कुटो साहुको बारी मेलमा
आकाशमा चट्याङ बर्षि ठोक्यो असिनाले
साहुको खेत हरीयाली किसानको पसिनाले
भिर पाखा पखेरामा खन्न जÞोत्न पर्ने
मलजल गरेर बिउपल हाम्ले छर्ने
भोकैतिसै खाई नखाई काम हाम्ले गर्ने
उब्जेको अन्नले साहुले भकारी भर्ने
बर्षभरि काम गर्ने ज्यामि किसानलाई
पेटभरि खानु छैन कठैबरै हामीलाई
रगत सकिएर सेतो भयो मुहार
अबदेखि नपोखांै यि पसिना उधारा
हाम्रो रगत पसिना चुस्ने शाषकलाई
संघर्षको रा‘को बालौं शाषक मास्नलाई
जागौं ज्यामि किसानहरु गरिबलाई जगाउँदै
गरिबका रगत चुस्ने शोषकहरु भगाउँदै