मोदी काकालाई नेपाली युवाको खुल्ला पत्र

0
582

डियर मोदी काका,
दिल्ली दरबार ।

सायद तिमी त पक्कै व्यस्त छौ होला । छिमेकीका साँध सिमा कहाँनेर सार्न पाइन्छ होला भनेर तानाबाना बुन्दै छौ होला । तरपनि थोरै समय निकालेर पनि  यो पत्र पढ्ने कष्ट गर्नु जसले तिम्रै हित हुनेछ । केही गरी समय मिलेन भने तिम्रा भाई भारदारलाई पढ्न लगाएर भए पनि सुन्नू ।

डियर काका “कालापानि हाम्रो हो अनि लिपुलेकपनि हाम्रो नै हो” l हो तिमी हामी भन्दा २२ गुणा ठुला छौ तर याद राख हामी तिमी भन्दा २२ गुना बलिया छौं। यो पनि सुन सानो हुनु, कमजोर हुनु होइन ।

गरीब हुनु , भिकारी हुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं । तिम्रो हस्तक्षेप र धम्की हामीलाइ कदापी स्विकार्य छैन । त्यो कालापानी हाम्रो हो अनि त्यो लिपुलेक पनि हाम्रै हो । र तिमी जस्ता ब्रिटिसको जुत्ताको तलुवा चाटेर स्वतन्त्र भएकालाई के थाहा एक असल छिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने कुरा ।

नेपाल मात्र इतिहासको एउटा यस्तो देश हो जसलाइ कसैले शासन गर्न सकेनन्। इतिहास साक्षी छ, हामी कसैको गुलाम बन्न चाहेनौ। बरु भोकै मरिन्छ स्वाभिमान बेचिन्न ।

पानी नखाइ युद्द गरेर जितेका वीरहरुका छोरा नाति हौ हामी । परिआएको खण्डमा युवा देशका लागि जसरी पनि लढ्न सक्छन । कसैको साथ चाहिदैन ।

बिगतको इतिहास लाई फर्केर हेर देशको लागि खालि पैतलाले आगो टेकेर छातिमा गोलि थाप्ने वीर गोर्खाली हौं हामी । हामी मरेका छैनौं र ज्युँदै छौं। हावाले जति अवरोध गर्छ चङ्गाले उति नै उचाइ लिन्छ हो हामी पनि अब उचाइ लिने छौं ।

तिमीले हाम्रो संविधानप्रतिको असन्तुष्टि, असन्तुष्टि मात्र होइन स्वाधिनतामाथि गिद्धेदृष्टि र आन्तरिक मामलामा बक्रदृष्टि हो। हामी चुप लागी बस्ने छैनौं । मेरी आमाले मलाई भन्नु हुन्थ्यो ” छिमेकीले धेरै दया देखायो भने राम्रो हुदैन बाबु” शत्रु खोज्न टाढा जानुपर्दैन भन्ने कुरा तिमीले पुष्टी गरेका छौ ।

याद राख मोदी काका ”मुसो सानो छ भन्दैमा बिरालोलाई जस्तै बन्द कोठामा थुनेर तड्पाई तड्पाई मार्छु भनी सोच्नु गलत हुनेछ। मुसोले ढोका नफोड्ला तर कोठाबाट जरुर निस्कन्छ ।

“डियर मोदी काका”, यत्ति भनेसी त बुझ्छौ होला नि तिम्रो सिमा अतिक्रमण को कुरा ?  हेर ! भैसिले दूध दिन छोड्दैन, खेतमा बाली उम्रन रोक्दैनन, खोला नाला सुक्दैनन ,हावाहरु रोकिदैनन त्यसैले तिमीले सिमा अतिक्रमण को बिरोध गर्दा फेरी नाका बन्द नै गरे पनि केही हुने वाला छैन । हाम्रो प्यारो भुमीको कन्दमुल जडिबुटि खाएर बच्न सक्ने हिम्मत र तागत छ हामी सँग । हेर त्यसैले यहाँ भन्दा धेरै केही लेखिन अब तिमी आफै बुझ्नु पर्ने छ

नारायण सुवेदी
बुटवल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here