बाग्लुङ जिल्लाकाे बोबाङमा मतदातालाई पैसा बाड्दै गर्दा काँग्रेस नेता परे जनताको घेरामा

0
93

बाग्लुङ । उपनिर्वाचनको मतदान गर्न केहि घण्टा बाँकी रहदा बागलुङमा नेपाली कांग्रेसले बाहिरी जिल्लाका युवाहरूलाई समेत परिचालन गरि पैसाको चलखेल बढाएको छ। ढाेरपाटन नगरपालिको बोबाङ गाउँमा पैसा बाढ्दै गर्दा नेपाली कांग्रेसका तनहुँका केन्द्रिय सदस्य प्रदीप पौडेल र दार्चुलाका मन्जित ताम्राकारलाई त्यहाँका जनताले ” अगाडी पछाडी हामिलाई दु:ख पर्दा कुन दुलोमा सुतेका थियौ तिम्रो २-४ हजारले हाम्रो गर्जो टर्छर भन्दै लखेटेको स्थानीय बिरबहादुर बि.क ले बताए।
आजकै दिन ‘संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक अमर थापाले एक विज्ञप्ति प्रकासित गरी बागलुङ जिल्ला क्षेत्र नं. २, प्रदेश (ख)मा मंसिर १४ गते हुन गइरहेको उप-निर्वाचनको पूर्व सन्ध्यामा तमानखोला गाउँपालिकाको, बोंगादोभान बजार नजिक मूल बाटोमा ढुकेर बसेका, नेपाली कांग्रेस समर्थित युवा जत्थाबाट बामगठबन्धनको समन्वय र सहजीकरण नेतृत्व प्रति अभद्र व्यवहार गरिएको भन्दै निन्दा र भ्रत्सना गर्नुभएको छ ।

केहि मिडियाले बाम नेताहरू पैसा बाड्न हिडेको भन्ने कुरा लेखेपछि हामी जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानालाई सम्पर्क गरेका थियौ? के तपाईंहरु मतदाता प्रभावित पार्न तमानखोला पस्नु भएको हो ? उहाले भन्नु भयो ” जसले यो आरोप लागायो उनिहरु नै हारको मानसिकताले बर्बराई रहेका छ्न। जिल्लाका प्रमुख नेताहरु एउटै गाडीमा चडेको देखेर उनिहरु आत्तिएका मात्र हुन, उनीहरुले हामीलाई गाडी रोकेर गालीगलौज गर्नु हुदैनथ्यो र मिडियामा गलत प्रचार गरेर कांग्रेसलाई भोट पर्छ भनेर सोचाइ हो भने त्यो सरासर गलत हो।” कांग्रेसले निर्वाचन भाँड्ने षडयन्त्र गरी परिस्थितिलाई उत्तेजित बनाउन खोजेपनि हामीले सबै जनतालाई संयमित भइ मतदानमा हभागी हुन अपिल गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here