बासुले भेटे आफ्नी डम्मरीलाई

0
325
रोहरु । केही दिन पहिले हिमाचलको रोहरुमा अलपत्र अवस्थामा फेला परेकी डम्मरी उर्फ ललिताले आफ्नो आफ्नो श्रीमान बासुलाई भेटेकी छिन् । उनलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहरुका कार्यकर्ताहरुले अलपत्र अवस्थामा फेलापारेका थिए ।
अलपत्र अवस्थामा फेलापारे लगत्तै नगर समिति रोहरुले आफन्तको खोजीमा सुचना प्रवाह गरेको थियो । फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत डम्मरीका आफन्त जनको खोजीमा जुटेको एकता समाजले आखिर उनको श्रीमन बासुलाई पत्ता लगाएको छ ।
एकता समाजले डम्मरीका श्रीमान बासुसँग सोधपुछ गर्दा आपसमा सामान्य भनाभन भएको अवस्थामा डम्मरी रिसाएर स्वदेश माइत जान हिंडेको बताए । समाजका कार्यकर्ताहरुको रोहबरमा ३ फरवरी २०१८ का दिन बासुलाई आफ्नी श्रीमती डम्मरी उर्फ ललितालाई हस्तान्तरण गरिएको छ । उनीहरुको एक छोरा समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here