हिमाचलको रामपुरमा नेपाली मजदुरहरुमाथि कुटपिट

0
408
हिमाचल । राज्यको रामपुरस्थित नोगलीमा गत बुधबार सतलुज नदिको किनारबाट गिटी बलुवा निकासी गरेको आरोपमा नेपाली मजदुरहरुमाथि कुटपिट भएको छ । उनीहरुलाई वनविभागका कर्मचारीहरुले लात्ती, मुक्कि र लौरोले कुटपिट गरेका हुन् । नेपाली मजदुरहरु कुटीएको एक भिडियो वायरल भएसँगै विभिन्न कर्मचारी युनियनहरुले एसडियम कार्यालयमा पुगि आन्दोलनको चेतावनी समेत दिएका छन् ।
“गैरकानुनी रुपमा उत्खनन् गर्ने माफियाहरु माथि त वन विभाग केही गर्न सक्दैन तर गरिब मजदुरहरुमाथि कुटपिट गर्दछ । वन भूमिबाट बालुवा उठाएर लैजानु नेपाली मजदुरहरुको गल्ती यो थियो तर उनीहरुलाई त्यो काम गर्न लगाउनेहरुलाई कार्यवाही गर्ने तर्फ किन वन विभागले सकि रहेको छैन ?” कर्मचारी युनियन लगायत स्थानीय जनताको भनाई छ ।
मजदुरहरु माथि कुटपिट गर्ने वन विभागका कर्मचारीहरुलाई डिएफओ अशोक नेगीले कानुन अनुसारको कारवाही हुने बताएका छन् । मजदुर संगठन सिटुले एसडियम अफिसमा पुगी वन विभागका कर्मचारीहरुलाई कारवाहीको माग गरेको छ ।
यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मनाली नगर समिति घोर निन्दा प्रकट गर्नूको साथै वन विभागका दोषी कर्मचारीहरुलाई कारवाहीको माग गरेको छ । नगर समितिले एक विज्ञप्ती जारी गर्दै भनेको छ ः
“हिमाचलको रामपुरमा २ जना नेपाली मजदुरमाथि रामपुर कै वन विभागका कर्मचारीहरुले नराम्रोसँग कुटपिट गरेका छन् । कुनै पनि मजदुरलाई स्वतन्त्र ढंगले जीवन ज्यून पाउने भारतीय कानुन बनेता पनि यसरी नेपाली मजदुरहरुमाथि दिनानुदिन कुटपिट र अमानवीय क्रियाकलापको घोर भ्रत्सर्ना गर्दै हाम्रो संगठन पिडित नेपाली मजदूरहरुलाई न्याय र वन विभागका दोषी कर्मचारीहरुलाई कारवाहीको माग गर्दछ ।”
छिमेकी देश भारतमा पस्ने नेपालीहरुको माथि हुने लुटिने, पिटिने, अमानवीय यातनाहरु भोग्नु पर्ने जस्ता घटनाहरु भने यो नयाँ होइन । यसरी नै दिनदिनै बढदो छ । चाहे रेलको यात्रा होस् वा भनौं वसको यात्रा । चाहे वनवासा बोर्डरमा होस् वा सुनौलीको बोर्डरमा नेपालीहरु कुटीने पिटीने अमानवीय व्यवहारको पिडा सहनु पर्ने अवस्था छ ।
https://www.youtube.com/watch?v=-rpALE00iRE&feature=youtu.be

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here