कविता
लक्षिराम आचार्य
म भर्खरै पाठशालाको बिद्यार्थी थिएँ
तिमी राजनितीको दिक्षित थियौ
तिमिले जे जे सिकायेउ,तेहि सिकें
तिमिले जे देखायेउ,तेहि देखें
अपसोच !
तिमिले म सधैं शिशु कक्षा
अनुत्तीर्ण भयेकै देख्न चाहान्थ्यौ होला?।
जब तिमिले सिकायेका लिपिहरु
मैले राम्रो गरि बुझ्न थालें
अक्षरहरुको गठजोड बाट बनेका शब्दहरू
शब्दहरुको संयोजनबाट
निर्मित वाक्यहरु बुझ्न थालें
बेलाबखत तिमिले
आफ्नो औकात डकार्दै गरेको
आभाष त मैले धेरै पटक पायेकै हो।
तर पनि तिमिले
व्यबहार जस्तो गरे पनि
बिधालय हुँदै बिश्वबिद्धालय सम्म
सिकायेका शब्द र वाक्यहरुलाई
शिरोधार्य गर्दै
तिमिले पढेका ठेलिहरुमा
आफूलाई तल्लिन गर्दै गएँ
आखिर मलाई भ्रमित तुल्यायेर
तिमी आफ्नो दुनो सोझार्न चाहान्थेउ।
किन्तु त्यो मेरो बिधालय र बिश्वबिद्धालयको
कुनै अध्यायमै भेटन सकिन
र त म तिम्रा प्रियतम जस्तो
मानब तस्करिको धन्दा,दलाली ,चाप्लुसी
वा नैतिकता बिहिन भयेर
खुराफात गर्न तयार हुन सकेन।
बरु तिमिलाई कमरेड सोचेर नै
मार्क्सवादका गहन
बिचार र नबिनतम आयामहरुमा
बहस गर्न उत्सुक भयं,
आफ्नो झुट र लुट्लाई
बर्को लगायेर लुकाउने हरुका
बिरुद्द निरन्तर लडिरहेकै छु।
प्रिय् कामरेड ,
मैले बर्ग संघर्षका लागि सैयौ पटक
मृत्युको बाटो हिड्न राजी भयेको हुं
मेरा सबै चाहानाहरुलाई
तिलान्जली दिंदै,यौवन र जिबनलाई
क्रान्तिको यात्रामा हेलि सकेको छु
मेरा शरीरका सबै काेषिकाहरु
ईन्कलाबले रंजित सिंन्चित भएका छन।
प्रिय् कामरेड
मलाई धर्तिमा जन्माउनेहरु
वा मैले जन्मायेकाहरुका चाहाना
कहिल्यै पूरा गर्न सोचिन
सोचें त केवल पुर्खाहरुको गर्बिलो इतिहास
अनि सहिद र योद्धाहरुको बलिदानि
तर कामरेड आज म दुखी छु
किन कि मैले तिम्रो दासता स्विकार्न सकिन
बरु रोजें फराकिलो मैदानकै बाटो
जहाँ म जस्ता हजारौं को बलिदानी खर्चियेको छ।
हो कामरेड मेरो देशको सिमानामा
बैरिहरुको हस्तक्षेप निर्लज्ज बढेको छ
मेरि आमाको संम्बेदनशिल अंङ्गमा
दुस्ट्को प्रत्यक्ष बज्र प्रहार भएको छ
मेरो अंश र बंश नाश गर्न
मेरो मुटु अनि स्वाभिमान
मेरो देशको नागरिकता लिलाम गरिदै छ।
हुन त तिमिलाई हाई काटेर सुत्न मन छ
मलाई मेरो मुटुको ढुकढुकी बचाउनु छ
तिम्रो बाटो मात्रै सिंहदरबार तिर सोजियेको छ
मेरो बाटो रत्नपार्क तिरै मोडियेकै छ
तिम्रो सपना जालझेल ,बेइमानी र लुटको
रंगिन आलिशान तिर कल्पियेको छ
तिमी आज सेतो लाई रातो देख्न थालेका छौ
म सेतो लाई सेतै मात्रै देख्ने छु।
भो कामरेड, तिम्रो गन्तब्यका कुत्सित चाहाना
पूरा त होलान् !
तर स्विकार्य छैन तिम्रो कांतर आडम्बरीता
मलाई प्यारो छ
जुन बाटो म हिडिरहेको छु
जहाँ तिमी हिड्न थाकी सकेका छौ
मैले बरु फराकिलो बनाउनु छ येहि बाटो
जहाँ हजारौं योद्दाहरु परेढ गर्दै
मार्च पास गर्न सकुन।
आवश्यकता पर्दा न्यायको युद्द्का गोलिहरु
सजिलै कक गर्न सकियोस
बैरी र मित्रको सजिलै
पहिचान गर्दै अगाडि
बढ्न छेदक नलागोस
जनबादी केन्द्रियेताको
आलोकमा भाव र अर्थ
येथार्थ व्यबहारमा लागू गर्न पाइयोस
स्वीकार गर्न नपरोस,गुलामी दासता।
बरु रोज्न परोस
आमाको अस्मिताका खांतिर
सबै सबै चाहाना गुमाउन पाइयोस
तर तिम्रो जस्तो छदम क्रान्तिकारी भयेर
जीवन जिउन नपरोस
शुभकामना
प्रिय् कामरेड तिमिलाई।।।