नागरिकता विधेयक विरुद्ध कविहरुको आक्रोश

0
188

आज मेरो माटोमाथि पराइको आँखा लाग्यो

टङ्कराज ढकाल ‘तितेपाती’

आज मेरो माटोमाथि पराइको आँखा लाग्यो
किन तेरो मेरो हुन्छ मानिसको दावा जाग्यो
मूल जस्को हिमाल हो जताकतै नाता लाग्यो
हावापानी सुमरेर खाने कस्तो हावा जाग्यो |१

मृत्तिका हो पर्याय यो आमा जस्तो प्यारो माटो
अन्नपात उब्जिएर पाल्ने ताल्ने हाम्रो माटो
सत्तासिन उदासिन छन् बेचिदै बाटोघाटो
कुपुत्रको हातमा भो बच्न गाह्रो भयो माटो |२

नागरिक भन्ने सबै दलालीको पन्जाभित्र
हराउने पो हो कि यो नाम सोचौं इष्टमित्र
नाटकीय पात्र सबै स्वार्थको नै खेलभित्र
प्यारो लाग्ने नेपालको हराउला छविचित्र |३

लुकामारी खेल्छ सधैं छिमेकी यो बदमास
सत्ताधारी दाश बने बेच्दैछन् रे भटमास
केको माया हुनु दया आमाको नै खसोखास
कात्रो ओढ्न हतार रे मुलुकको बसोबास |४

पैसा भए पुग्यो अरे यो माटोको माया छैन
अर्काको नै भत्ता खाने भरिया भै सुख चैन
सुतेका छन् मतदाता ज्यूँदो लाश प्राण छैन
मुर्दाको यो शहर भो डनगुण्डाको आश छैन |५

काठमाण्डौ का कुकुर दिशालागे दिल्ली जाने
आमा बेची धनी बन्ने कलो खाने सिल्ली माने
यो देशका मान्छे जाग कति सुत्छौ निद्रा ठाने
मुलुकको स्वाभिमान बचाउने मन् छ भने |६

नागरिकता

हरिप्रसाद रिमाल
झापा, चारआली

यो देशको कानुनले बनाउँछ नागरिक
यै देशमा जन्मिनेले माग्नुपर्छ यहाँ भीख
प्रमाणको चाँङ लाँदा पनि यहाँ मिल्न गाह्रो
नेपालीलाई दुःख दिन्छन हेर कति सारो। १

पारिबाट हिजोअायो अाजै मिल्छ किन होला
यस्तो नीति रहिरहे यो देश नै कता जाला
जेल नेल कानुनले नेपालीलाई समातिन्छ
बाहिरका स्वतन्त्र छन् जे जे गरे यहाँ हुन्छ।।२

कानुन यो अन्धो भन्थे साँच्चै होकि जस्तो लाग्यो
नियम र नीति नेता मिच्छन् भन्थे सत्य लाग्यो
दिइँदैछ नागरिकता जथाभावी अाजभोलि
नियम छ एकातिर काम हुन्छ मनो पोली।३

भाँडहरू यसै गर्छन् अब उठौँ लागौँ युवा
पारिबाट थिचो मिचो हुन्छ सधैँ जागौँ युवा
थिचोमिचो सह्यौँ भने हामी नै हौँ दुष्ट मान्छे
लागौँ अब विरुद्धमा बन्न हामी ज्ञानी मान्छे।।४

शीर्षक – नागरिकता

जगदीश्वर लमजुङ

नेपालीको हुनु पर्छ नागरिकताको हक ।
छिमेकिले लिन थाले अब नमानेर धक ।।
नेपालीले दुःख पाए यै नागरिकता लिन ।
भारतीले लिन थाले खुलेयाम तराईमा ।।१

सङ्कास्पद नागरिकता त्यो छिट्टै रोक्नु पर्छ ।
बहुमतको नाममा हुने मनपरि रोक्नु पर्छ ।।
तराईमा भारतीय घुसाउन किन थाले ।
चुनावमा भोट पाए नेताहरू हुने भाले ।।२

वीरगञ्जको बजारमा भारतीयको ताँती ।
भिड हेर्दा लाज मर्नु नागरिकता भो’ घाती ।।
नेपालको सर्कारले लिन छुट दियो किन ।
नेपाली हो विरोधमा जानु पर्छ अब हिन ।।३

भारतीयहरू किन आए नागरिक हुन ।
नेपाल यो सिध्याउने चाल हुन सक्छ चिन ।।
नागरिक विधेकमा छिमेकको चासो थियो ।
लम्पसार सरकार दिल्लीलाई ढोग्दै हिँड्यो ।।४

जलश्रोत चपाउने भारतीको स्वार्थी दाउ ।
त्यो मोदीको तलुवाको नेता सधैं दिन्छन् भाउ ।।
आदेश त्यो दिल्लीको हो मान्नु पर्ने सधैं किन ।
नेपाललाई भुटाल जस्तो होला बनाउन ।।५

नेपालीका छोरा सबै पल्टनमा भर्ना गर्छ ।
नेपालको सार्वभौम दिल्ली दरवार ताक्छ ।।
मौकापारी मोदी किन सधैं देशलाई न्याक्छन् ।
प्राकृतिक श्रोतहरू सधैं घुमाएर लिन्छन् ।।६

पानी लान्छ बाध हाल्छ तराई यो डुबाउँछ ।
नेपाल यो टुक्रा पार्ने खेल उही सिकाउँछ ।।
मौका हेरी जङ्गे खम्बा रातरात सार्न थाल्छ ।
दशगजा मिचिमिचि राजमार्ग पेल्ने गर्छ ।।७

सिंह जस्ता हाम्रा नेता भारतमा स्याल बन्छन् ।
मौका पर्दा बोल्ने हैनन् दिल्लीसँग सधैं झुक्छन् ।।
बोल्न परे लुते लाक्षी स्वार्थ लिन पुग्ने दिल्ली ।
विकास हुँदैन अब नेपालको नेता हुँदा सिल्ली ।।८

स्वार्थी नेता कुन्नि के झैं नेपालमा भने भुक्छन् ।
कार्यकारी पद पाए पैले दिल्ली भेट्न पुग्छन् ।।
नागरिकता भारतीलाई दिन हुन्न अब ।
राष्ट्रवादी नेपाली हो एक भई उठौ अब ।।९

नागरिकता

प्रतिभादेवी न्यौपाने
लमजुंग

बाँडियो नागरिकता छोरा छोरी भनिकन
भारतीय जनतामा विश्वास म त देख्दिन
यो देशको यौटा परिचय हुदाहुदै
हल्कासित दियो कस्ले उदेगमा परेँ हदै॥०१॥

बाबुको नै पहिचान नभएमा पनि किन
एक्ली आमा भएकोमा गाह्रो पर्छ भने दिन
बिना शर्त दियो कस्ले नागरिक हुन् यिनी भनि
भरिदैछन् यहॉ धेरै भारतीय धनी मनि॥०२॥

सानोदेश नेपालमा भित्र्याउछौ अझै धेर
विहारी फोहोरी ज्यादै संस्कारी छैनन् आखिर
के हेरेर बसेकाछन् कर्मचारी सत्तासीन
नेपालीको बहुमूल्य पत्रलाई थुके किन॥०३॥

अंगिकृत भने कि या वंशजमा थिए कति
बॉड्ने प्रमुख नै जान्ला ठुलो आफै अधिपति
देख्ने नेपाली हुन् सारा बिरोध गरेका जति
नहोस् आज व्यवस्था नै संघीय पथ दुर्गति ॥०४॥

के यो भारतले दिन्छ हामीलाई यसै गरि
नेपाली छन् त्यहॉ बस्ने कति कष्ट गरि गरि
जानेर नै मिचेका छन् नियम कानुन पनि
बिगार्दैछन् यहॉ नेता सत्तान्ध पातक बनी॥०५॥

हामी सारा नेपालीले बोल्नै पर्ने हुन्छ अब
सिमानामा मनपरी चल्न थाल्छन् जब
नागरिक कर्तव्यमा लेखिएका कुरा
पालना ती अब गरौ हामीले नि पूरा॥०६॥

नागरिक मन्च यौटा छुट्टै बनाएर
हिड्नुपर्ने भयो सबै चेत जगाएर
जता जता विकृति र विसंगति हुन्छ
त्यसपछि छलगर्ने धुरुधुरु रुन्छ॥०७॥

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here