नेपालका आदिबासीहरु नेपालमै अल्पमतमा पर्ने खतरा : राजमो अध्यक्ष केसि

0
461

काठमाडौं ,३ बैशाख / राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय् नेता चित्रबहादुर केसिले राष्ट्रघाती नागरिकता बिधेयकका कारण नेपालका खास आदिबासीहरु नेपालमै अल्पमतमा पर्ने खतरा बढेर गएको बताउनु भएको छ ।

अखिल नेपाल जनजाती सम्मेलनले ३३ औ स्थापना दिवसका अवसरमा आज काठमाडौंको कपनमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै अध्यक्ष केसिले उक्त कुरा बताउनु भएको हो ।

” अहिले सरकारले ल्याएको नागरिकता सम्सोधन बिधेयक यहि रुपमा पारित भयो भने नेपालका खास बासिन्दा आदिवासी जनजाती , खस- आर्य सबै अल्पमतमा पर्ने छ्न ।” – अध्यक्ष केसिले भन्नू भयो – ” त्यो सम्सोधन बिधेयक यहि रुपमा पारित भए बिदेशीहरुलाइ नेपाली नागरिकता लिन बाटो अरु सहज बन्नेछ , जन्मको आधारमा नेपालि नागरिकता लिएका बिदेशी नागरिकका सन्तानलाइ अब बङ्शजका आधारमा नेपाली नागरिकता दिने बाटो खोलिदिएको छ त्यो सम्सोधन बिधेयकले । त्यसैले उक्त राष्ट्रघाती बिधेयक खारेज गर्न सबै नेपालिहरु जुटेर संघर्ष गर्नु पर्छ अब ।”

कार्यक्रमलाई नेकपा( मसाल) का प्रवक्ता रामप्रकाश पुरी , अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरब रेग्मी , ट्रेड युनियन अन्टुकका अध्यक्ष नारायण सापकोटा , राजमोका केन्द्रिय कोषाध्यक्ष ओम बहादुर केसि, अखिल नेपाल महिला सङ्घकी केन्द्रिय कोषाध्यक्ष मनु बिक , युवक सङ्घका केन्द्रिय सचिब भक्त बिक , मल्लरानी गाउपालिका प्युठानका अध्यक्ष अमरध्वज राना ,रक्तिमका सचिब हेमराज आश्रम , जनजाती सम्मेलनका महासचिव राम बहादुर बुढा ,उपाध्यक्ष केबि थापा , राजमो ३ नम्बर प्रदेश सदस्य आनन्द शर्मा र प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्मा लगायतका अतिथिहरुले समेत सम्बोधन गर्नु भएको थियो । जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षता, सदस्य लालबहादुर पुनको स्वागत मन्तव्य र सचिब उषा पुनको सन्चालनमा कार्यक्रम अघि बढेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here