गजल
–सुरेशकुमार पान्डे
देशलाई गरेको अपमानले मुद्धापनि लाग्न सक्छ,
उनैको कृर्या कलापले देशभक्त पनि जाग्न सक्छ।
देश नै केक बनाएर काट्दा आफ्नो गरिमा हेरे नौ,
मन्त्रिजी जनता उम्लिए सरकारपनि भाग्न सक्छ।
ठिकछ महामहिम जनम दिन त आउँछ हाम्रो पनि,
यस्तो गलतिको हिसाब जनताले अब माग्न सक्छ।
स्विकार गलति नतमस्तक बन देशकै सामु आजनै,
उर्लेको जन सैलाब ले सबै सिमा पनि नाग्न सक्छ।
केनियम कानुन ठुला बडालाई छुट छ हाम्रो देशमा,
छैन भने उपस्थित सबैलाई कट्घेरामा टाग्न सक्छ।
आकास तिर फर्केर थुक्नुको परिणाम पनि उस्तैछ,
टुप्पाबाट पलाएकोलाई जनताले छिट्टै छाग्न सक्छ।